After SEE Portal

अझै ५० लाख पाठ्यपुस्तक छाप्न बाँकी, १३९ सम्म त्रिविको ताला  नखोल्नु लज्जास्पद

Bridge Course

प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै सासंद योगश भट्टराईले विद्यालय तहका पाठ्यपुस्तक अझै ५० लाख छापिन बाँकी भएको बताएका छन् ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा जनक शिक्षाका प्रबन्ध निर्देशनले तथ्याङ्क नै झुट सार्वजनिक गरेको उनले दाबी गर्दै भने, ‘मलाइ जानकारीमा आएसम्म अझै विद्यालय तहका पाठ्यपुस्तक ५० लाख छाप्न बाँकी छन् ।’ उनले भने, ‘जनक शिक्षाले दिएको टार्गेट अनुसार अब सात दिनमा  पाठ्यपुस्तक छापिसक्नु पर्ने छ तर दिनमा  ८० हजार पाठ्यपुस्तक छाप्ने सक्छ जवाफ चाहियो ।’

आजको विनियोजन विधेयक, २०७९  माथिको छलफलमा  बोल्दै सांसद् भीव रावलले त्रिविमा  १३९ दिन सम्म ताला बन्दी हुँदा प्रधानमन्त्री आफै कुलपति भएको विश्वविद्यालयको समस्या सम्बोधन गर्न नसक्नु, सुरक्षा कर्मी राखेर नै पदाधिकारी कार्यकक्षमा  तालाबन्दी गरिनु भनेको लाज्जास्पद भएको बताए ।

सांसद रावलले त्रिभुवन विश्वविद्यालय १३९ दिन तालाबन्दी हुँदा पनि सरकार मुकदर्शक बनेको आरोप लगाए । छलफलमा बोल्दै उनले गृहमन्त्री र शिक्षामन्त्रीलाई त्रिविमा ताला लागेको जानकारी छ ?  प्रश्न गरे ।

‘१३९ दिन भयो त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको गृहमन्त्रीज्यू, शिक्षामन्त्रीज्यू तपाईलाई जानकारी छ’ उनले भने, ‘के उत्कृष्ट हुन लागेको हो ?’ सरकारले बजेटमार्फत त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसलाई सेन्टर फर एक्सिलेन्स बनाउने घोषणा गरेको छ । तर नेपाली कांग्रेसको विद्यार्थी संगठनले विभिन्न माग राख्दै उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

सांसद रावलले त्यहाँ ताला लगाउँदा प्रहरी उपस्थित भएको प्रत्यक्षदर्शीको बताएको भन्दै प्रश्न गरे, ‘यो भन्दा विडम्बना, यो भन्दा गैरजिम्मेवार, यो भन्दा शिक्षाप्रतिको नेपाल सरकारको खेलवाड के हुन सक्छ ?’

जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नुपर्छ

सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न र पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिन माग गरेकी छन् । विनियोजन विधेयक, २०७९  माथिको छलफलमा बोल्दै लामाले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताइन् । ‘कक्षा ६ र ८ को पुस्तकको अभाव छ, पुस्तक किन अभाव भयो, जनक शिक्षा सामग्री बचाउने नाममा विद्यार्थीहरुले पुस्तक कहिल्यै पाएनन्,’ लामाले भनिन्, ‘यदि छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री किन चाहियो ? सरकारले किन पैसा दिइरहने ? खारेज गरौं ।’

सांसद सरला यादवले सरकारको लगानीले बर्सेनी शैक्षिक बेरोजगार मात्र उत्पादन गरेको छ । ‘शैक्षिक सत्र सुरु हुनु भन्दा पहिला  विद्यार्थीको स्वास्थ्य परीक्षण, सुदुरपश्चिममा  मेडिकल कलेज खोल्नु भन्दा गेटा मेडिकल कलेज सञ्चालन गर्नु उपयुक्त हुन्छ ।’ उनले भनिन्, ‘शिक्षक अस्पताल सञ्चालन गर्नुभन्दा भएका अस्पताललाई सुधार गर्नु उपयुक्त हुन्छ ।’

सो छलफलमा  बोल्दै सांसद् महेश बस्नेतले पाठ्यपुस्तक नपाएर विद्यालय बन्द हुने अवस्थामा पुगेको बताए ।पाठ्यपुस्तक नपाएर विद्यालय बन्द हुने अवस्थामा पुगेको बताए । उनले भने, ‘त्रिवि १३९ दिन देखि बन्द छ ।’ उनले भने, ‘सुरक्षा कर्मी लगाएरै ताला लगाइएको छ ।’

चालू शैक्षिकसत्रका लागि कक्षा ४ देखि १० सम्म कूल एक करोड ९८ लाख थान पाठ्यपुस्तक छपाइको लक्ष्य लिइएकामा आजसम्म १ करोड ८० लाख थान (करिब ९० प्रतिशत) उत्पादन भइकेको जनक शिक्षा सामग्री केन्द्रले दाबी गरेको छ ।

कक्षा ५, ८ र १० का पाठ्यपुस्तक आगामी शैक्षिकसत्रमा परिवर्तन (कोर्स आउट) हुने भएकाले पनि केन्द्रले भण्डारमा नरहने गरी यस वर्षका लागि आवश्यक सङ्ख्यामा मात्रै उत्पादन गरिरहेको छ । यस्तै पाठ्यक्रम विकास केन्द्रबाट कक्षा ४, ७ र ९ का अनुदित (अंग्रेजी माध्यम) का पाठ्यपुस्तकको मुद्रणीयप्रति (सिआरसी) प्राप्त नभएकाले पनि माग भए पनि आफूहरुले अनुदित पुस्तक दिन नसकिएको केन्द्रको भनाइ छ ।

A Levels MA
Thuprai - Books and E-books