Bachelors Portal

मंसिर ६ र ७ गते “चौथो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७५”

विगत का बर्षहरु झैँ यस वर्ष पनि वानअप प्रा. लि. ले मेगा अष्ट्रेलिया शैक्षिक मेला आयोजना “चौथो मेगाअष्ट्रेलिया शैक्षिक मेला २०७५” आयोजना गर्न लागिरहेको छ  ।

हालको परिवर्तन भइरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीलार्इ अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले यस शैक्षिक मेलाको आयोजना गर्न लागिएको हो । 

काठमाडौंको दरवारमार्गमा अवस्थित होटेल अन्नपूर्णमा नोभेम्बर २२ र २३ (मंसिर ६ र ७) मा यो मेला आयोजना हुँदैछ । उत्कृष्ट कलेज/ विश्वविद्यालय तथा कन्सल्टेन्सिहरु गरि ३० वटा भन्दा बढी संस्थाहरु सहभागी हुने यस मेला, नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ वमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त छ ।

यस मेलामा विभिन्न कलेज तथा युनिभरसिटिका प्रतिनिधिहरुबाट छात्रबृती समबन्धी जानकारी, IELTS मा  उच्च अंक प्राप्तगर्ने तरिका तथा करियर काउसिल्लिङलाई प्रमुखताका साथ जानकारी गराइनेछ । सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट अष्ट्रेलिया प्रस्तुतकर्ता रहेको यस फेयरमा विद्यार्थीले अस्ट्रेलियाका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउन सक्नेछन् । मेलामा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर तथा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिईनेछ । मेलामा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउनेछन्।

यस शैक्षिक मेलाको मुख्य प्रायोजकहरु लिन्कन एजुकेशनल , एजुकेशन पार्क,  मर्सी एजुकेशन र रहेका छन् । येसैगरि  मेलाको प्लाटीनम स्पोन्सर काठमाडौं इन्फोसिस एजुकेशन , डाइमन्ड स्पोन्सर स्टडी वर्ल्ड, गोल्ड स्पोन्सर  इम्पल्स इन्टेरनेसनल ईन्स्टिच्युट, सिल्भर स्पोन्सर डाइनामिक युनिभर्स, ब्रन्ज इस्पोन्सर ओली एण्ड एसोसिएट्स र स्पोन्सर्सहरुमा इस्काई एजुकेशन, मोडेल ग्लोबल, द–नेक्स्ट, इ–प्लानेट एजुकेशन, ए.आइ.पी एजुकेशन कन्सल्टेन्सी, मेट्स एजुकेसन, सेनेका एजुकेशन, ग्लोबल एजुकेशन काउन्सेलिङ सेन्टर, हब इन्टरनेशल, प्रान्जल एजुकेशन, पाथ फाइन्डर इन्टरन्याशनल एजुकेशन र नोवेल एजुकेशन रहेका छन्। 

Thuprai - Books and E-books