After SEE Portal

त्रिविको ४७ औं दीक्षान्त समारोह सम्पन्न

Bridge Course

त्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ । २९ हजार ७२९ विद्यार्थी दीक्षित गर्दै त्रिविले ४७ औं दीक्षान्त समारोह आज सम्पन्न गरेको हो ।

सो समारोहमा विद्यावारिधी र एमफिलमा उत्तीर्ण विद्यार्थीहरुलाई सहभागी गराइएको थियो । त्रिविको स्नातक र स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थी भने त्रिविको परीक्षा नियन्त्रण कार्यालयको गेटबाटै उधारो दीक्षित भइयो भन्दै फर्किएका थिए ।

त्रिविका उपकुलपति प्राडा। धर्मकान्त बाँस्कोटाले ५९औं ग्रेस लिस्टमा समावेश भएका २९ हजार ७ सय २९ जना दीक्षित भएको जानकारी दिए । त्यसमा विद्यावारिधि, डिएम/एमसीएच, दर्शनशास्त्री (एमफिल), स्नातकोत्तर र स्नातक तहका छन् ।

कोभिड–१९ महामारीपछि दुई वर्षयता बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय हातामा समारोहको आयोजना गरिँदै आएको छ । दीक्षान्तमा उपाधि लिने, स्नातकोत्तर र स्नातकमा सर्वोत्कृष्ट विद्यार्थी मात्र आमन्त्रण गरिएका थिए ।

त्रिविमा अध्ययन अनुसन्धान गरी २०७७ असार १ देखि २०७८ जेठ ३२ सम्म ट्रान्सक्रिप्ट लिई ५९ औं ग्रेससलिष्टमा समावेश भएका विद्यार्थीलाई त्रिविले दीक्षित गरको जनाएको छ ।

सो समारोहमा इन्डियन इन्स्च्यिुट अफ टेक्नोलोजीका निर्देशक प्रोभी रामगोपाल राव प्रमुख अतिथिको रुपमा उपस्थिति भएका थिए । मुलुकको अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न सिर्जनात्मक, नव–प्रवर्तनशील र युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादन हुनुपर्नेमा जाड दिए । ‘आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक छ ।’प्रधानमन्त्री देउवाले भने, ‘विश्वविद्यालयको शिक्षा व्यवहारिक, जीवनोपयोगी, समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्छ ।’

दीक्षान्त समरोहका प्रमुख अतिथि इन्डियन इस्सिच्युट अफ टेक्नोलोजीका निर्देशक रावले ४७ औं दीक्षान्त समारोहबाट दीक्षित विद्यार्थीहरुमा सफलताको कामनागर्दै देशको रुपान्तरण र आफूले अध्ययन गरेको संस्थाको गरिमा बढाउन आग्रह गरेका थिए । निरन्तरता र कठिन परिश्रमवाट नै विश्वमा अकल्पनीय मानिएका उपलब्धिहरु हासिल भएको उल्लेख गर्दै उनले जागिर गर्ने नभई अवसरहरु उत्पादन गर्ने जनशक्तिको रुपमा आफूहरु अघि वढ्न उत्पे्रेरित गरेका थिए ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले देशको आर्थिक तथा सामाजिक विकासमा उच्च शिक्षाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नेपालको उच्चशिक्षाको प्रमुख मियोको रुपमा त्रिविले आर्थिकरसामाजिक रुपान्तरणमा प्रभावकारी र शसक्त भूमिका निर्वाह गर्दै आएको बताए । अनुसन्धानका कार्यहरुलाई आर्थिकसामाजिक विकाससँग जोडेर लैजानुपर्ने र विज्ञान तथा प्रविधिको विषयलाई उच्च प्राथमिकतामा राखेर सोही अनुसारको जनशक्ति उत्पादन गरी वेरोजगारी र गरिबी कम गर्ने तर्फ त्रिविको ध्यानाकर्षण समेत गरेका थिए । आफू स्वयंपनि त्रिविको विद्यार्थी भएको भन्दै सहकुलपति पौडेलले पछिल्लो समयमा विश्वविद्यालयले भोगिरहेको समस्याहरु प्रति आफू जानकार रहेको र उक्त समस्या समाधानको लागी सकरात्मक प्रयत्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले ४७ औं दीक्षान्त समरोहमा स्वागत मन्तव्य व्यक्त गर्दै ६२ बर्षको गौरवपूर्ण इतिहासमा नेपालको सुगम तथा दुर्गम स्थानमा रहेका आम जनता सामु उच्च शिक्षाको ज्योति फैलाई नेपाली नागरिकहरुलाई शिक्षा दिन र राज्य सञ्चालनमा सहभागी भएका वर्तमान प्रधनमन्त्री देखि, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सत्तापक्ष र प्रतिपक्ष दलका राजनेताहरु, न्यायमूर्तीहरु, संवैधानिक निकायका प्रमुखहरु, विधायकहरु, राष्ट्रसेवकहरु, योजनाकारहरु, विश्वविद्यालयका उपकुलपतीहरु, शिक्षाविद्, प्राविधिकहरु, सुरक्षाकर्मीहरु, कलाकार,सञ्चारकमर्मी लगायत समाजका विविध विधामा सेवारत तथा कार्यरत सक्षम नागरिक पैदा गर्न सफल भएको दाबी गरे ।

A Levels MA
Thuprai - Books and E-books