After SEE Portal

टीबीसीका ४०७ जना विद्यार्थीहरू दीक्षित

Bridge Course

ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेज (टीबीसी) का ४०७ जना विद्यार्थीहरू दीक्षित भएका छन् । शुक्रबार बौद्धस्थित हायत रिजेन्सी होटेलमा भएको कार्यक्रममा लिड्स बेकेट युनिभर्सिटी  (एलबीयू) र द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड (यूडब्ल्यूई)का विद्यार्थीहरू दीक्षित भएका हुन् ।

दीक्षान्त समारोह दुई सत्रमा सञ्चालन भएको थियो । पहिलो सत्रमा बिजनेस विषयहरू बीबीए, एमबीए, बीएचएम, एमआईबीएम र ईएमबीएका विद्यार्थीहरू दीक्षित भएका थिए भने दोस्रो सत्रमा आईटी विषयहरू बीएससी (हन्स) कम्प्युटिङ र एमएससी आइटीका विद्यार्थीहरू दीक्षित भए ।

दुबै सत्रमा नेपाल तथा बेलायतका विशिष्ट पाहुनाहरुसँगै, एकेडेमिसियन, दीक्षित हुने विद्यार्थी, विद्यार्थीका अभिभावकको उपस्थिति रहेको थियो । लामो समयदेखि कलेजको सल्लाहकार तथा एमबीई ब्रिटिस एजुकेसन ग्रुपका उपाध्यक्ष पाउल क्लिभ्सले उत्कृष्ट विद्यार्थीको अवार्ड प्रदान गरेका थिए ।

कलेजका कार्यकारी एक्जिक्युटिभ डाइरेक्टर महेन्द्रराज कँडेलले पानसमा दीप प्रज्वलन गरि तथा कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले स्वागत मन्तव्य राखेर कार्यक्रमको उद्घाटन गरेका थिए । संस्थापक राजन कँडेलले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘हाम्रो संस्था कति ठुलो भएको छ भन्ने यो एउटा प्रमाण हो, अब हामीले दुईवटा शत्रहरु सम्पन्न गर्नुपर्नेछ र म आजसबैग्राजुयटहरुलाई बधाई तथा आगामी दिनको शुभकामना व्यक्त गर्न चाहान्छु । तपाईहरु टीबीसीका पूर्व विद्यार्थीहरू बन्नुभएको छ । अब हामी तपाईहरुले के गर्नुहुन्छ भनेर जान्न निकै उत्साहित छौं ।’

त्यस्तै, कार्यक्रममा विशेष अतिथिहरूले प्रेरणादायक मन्तव्य दिएका थिए । जसमा, मिसन–ब्रिटिस एम्बेसीका डेप्युटी हेड हेइडी ताभाकोली, कलेजका सल्लाहकारहरु माइकल रुटल्याण्ड ओबीई, प्रोफेसर फर्गसलियोन र ११ औं अर्ल अफ स्डाण्डबीचका माननीय एडवर्ड होलिस्टर मोन्टागुले बेलायतबाट भिडियो सन्देश पठाएका थिए ।

पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरूले पनि कार्यक्रममा आफ्नो मन्तव्य दिएका थिए । लिड्स बेकेट विश्वविद्यालयका स्कुल अफ बिल्ट इन्भाइरोमेन्ट एण्ड इन्जिनियरिङका डीन प्रोफेसर अकिन्टोला अकिन्टोएले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘आजको दिनलिड्स बेकेट र ब्रिटिस कलेजबीचको अन्तर्राष्ट्रिय सहकार्यको ठुलो दिन हो र हामी यो सम्बन्धलाई अझै सुदृढ बनाउँदै विश्वभरी नै धेरै ग्राजुयटहरु उत्पादन गर्नअगाडि बढ्नेछौं ।’

त्यस्तै, यूडब्ल्यूईको पार्टनरसिप र इन्टरनेशनल तथा इन्टेरियम हेड अफ बिजनेस एण्ड म्यानेजमेन्टका डीन डा पल बेनेटले दीक्षित विद्यार्थीहरुलाई बधाई ज्ञापन गरे । उनले यूडब्ल्यूई र टीबीसी बीचको लामो समयदेखिको साझेदारीबारे आफ्नो भनाई राख्दै ग्राजुयटहरुलाई आल्मुनी कम्युनिटीमा स्वागत गरे ।

A Levels MA