After SEE Portal

दीक्षान्त समारोहमा ३७ लाख खर्च

Bridge Course

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा रु. ३७ लाख खर्च भएको विश्वविद्यालयले जनाएको छ । 

विश्वविद्यालयका डीन एवं दीक्षान्त समारोह प्रचारप्रसार समितिका  संयोजक डा लिलाधर तिवारीका अनुसार अथिति सत्कार र यातायाततर्फ रु १३ लाख ७४ हजार खर्च भएको छ ।

कार्यक्रम सञ्चालन तथा स्थल व्यवस्थापनतर्फ रु पाँच लाख ७० हजार खर्च भएको तिवारीले जानकारी दिए । यस वर्ष २९ जनालाई विभिन्न पदक प्रदान गरिएको थियो ।

समारोहमा ५१९ विद्यार्थी दीक्षित भएका थिए । दीक्षान्त समारोहमा शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेल, नोबेल शान्ति पुरस्कार विजेता कैलाश शत्यार्थीलगायत सहभागी थिए ।

यसअघि विश्वविद्यालयको दीक्षान्त समारोह २०७४ असार १९ गते आयोजना गरिएको थियो ।  

विश्वविद्यालय र नेपाल बैंक लिमिटेड विच सम्झौता 

फोटोःमध्यपश्चिमाञ्चल विश्वविद्यालय

मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक लिमिटेड विच सहकार्य, कार्यगत एकता गर्ने विषयमा सहमति भएको छ । दुवै संस्थाले आपसी सहयोगलाई निरन्तरता दिँदै संस्थागत  सम्बन्ध  सुमधुर बनाइ भविष्यमा थप मजबुत बनाउने उद्देश्यका साथ सम्झौता सम्पन्न भएको हो ।

विश्वविद्यालयका उपकुलपति प्राडा नन्द बहादुर सिंहको सम–उपस्थितीमा मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्राडा नारायण प्रसाद पौडेल र नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

१३ बुँदे उक्त समझदारी पत्रमा विश्वविद्यालय र बैंक दुवै संस्था विचको आपसी सम्बन्धलाई वित्तीय कारोवार मार्फत विस्तार गर्दै दुवै संस्थालाई वित्तीय हित हुने गरी थप आयामहरु विस्तार गरिने  उल्लेख छ ।

जसमार्फत विश्वविद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक, शिक्षक, कर्मचारी र विद्यार्थी सम्पूर्णले बैंकद्वारा प्रदान गरिने सेवा सुविधा सहज र सुलभ तवरले प्राप्त हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेपाल बैंक लिमिटेड, कर्णाली प्रादेशिक कार्यालयका प्रमुख आश्विन कुमार पुडासैनी, उपकुलपति सचिवालयका सदस्यहरु, विश्वविद्यालयका कर्मचारी तथा नेपाल बैंक लिमिटेडका कर्मचारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

A Levels MA
Thuprai - Books and E-books