Bachelors Portal

३६ घण्टे ह्याकाथुन प्रतियोगिता सञ्चालन

हिमालय कलेज अफ इन्जिनियरिङले ३६ घण्टे अन्तरकलेज ह्याकाथुन प्रतियोगिता सञ्चालन गरिरहेको छ । कलेजले स्मार्ट सिटी बनाउने थिममा आधारित प्रतियोगिताको आयोजना गरेको हो ।

स्मार्ट सिटीका लागि आवश्यक प्रविधिको विकास गर्न सक्षम जनशक्ति उत्पादन गर्ने र देशमा प्रविधिको विकासका लागि आवश्यक जनशक्ति तयार गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल किशोर गौतमले बताए । ‘विश्वबजारले माग गरेको जनशक्ति उत्पादन गर्नेर प्रविधिको विकास मार्फर्त राट्रि सेवक उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।’ उनले भने, ‘हाम्रो प्राथमिकता भनेको स्मार्ट सिटी बनाउने हो, त्यस्ले आइटी पढ्ने कलेजका विद्यार्थी समूहगत रुपमा सहभागी भएका छन् ।’

आइटी सम्बन्धि कक्षा सञ्चालन हुने १४ ओटा कलेजका ५२ जना विद्यार्थी समूहगत रुपमा उक्त प्रतियोगितामा सहभागी भएका छन् । सो प्रतियोगितामा हिमालय, अस्कल, किष्ट, क्याथफोर्ड, एडभान्स, सफ्टारिका, न्यु समित, केईसी कलेजका १४ समूह सहभागी छन् । हरेक समूहमा चार जना विद्यार्थी छन् ।

उक्त प्रतियोगिताको मूल्याङ्कन ३६ घण्टा पछि मात्र गरिने इभेन्ट व्यवस्थापक दृष्टी गुरुङले बताइन् । गुरुङका अनुसार प्रतियोगितामा प्रथम हुने समूहलाई ३० हजार रुपियाँ नगद, प्रमाणपत्र र मेडल प्रदान गरिने छ । दोस्रोलाई १० हजार रुपियाँ नगद प्रमाणपत्र र मेडल प्रदान गरिने छ भने तेस्रो स्थानमा पर्न सफल समूहलाई प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

प्रतियोगिता भोलि विहान पाँच बजेसम्म सञ्चालन गरेर मूल्याङ्कन पछि पुरुस्कार तथा प्रमाणपत्र वितरण गरिने गुरुङले बताइन् ।

प्रतियोगितामा सहभागी विद्यार्थीलाई खानबस्न समेत प्रतियोगिता स्थलमा नै गरिएको प्रिन्सिपल गौतम बताउँछन् ।

Thuprai - Books and E-books