लुम्बिनी बौद्ध विश्वविद्यालयका ३२६ जना विद्यार्थी दीक्षित

आज सम्पन्न भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा ३२६ जना विद्यार्थी दीक्षित भएका छन् ।विद्यावारिधि गरेका १२, स्नातक तह अध्ययन गरेका ३७ र स्नातकोत्तर तह पूरा गरेका २७७ जना विद्यार्थीलाई दीक्षित गरिएको हो । बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पससहित विभिन्न क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरुलाई उपाधि दिइएको विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्यले जानकारी दिए ।

सो समारोहमा स्नातकोत्तर तह उत्तीर्ण ४ जनालाई स्वर्ण पदक, ३ जनालाई प्राडा रञ्जना÷ इन्जिनियर भक्कानन्द स्वर्ण पदकले विभुसित गरिएको छ ।

उक्त दीक्षान्त समारोहमा दीक्षित भएका १५० जना विद्यार्थी उत्तीणस् विद्यार्थी सहभागी भएको विश्वविद्यालयका सूचना अधिकारी चरणमणी पोखरेलले जानकारी दिए ।

विकाशको मेरुदण्ड नै शिक्षा

विकाशको मेरुदण्ड नै शिक्षा भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताएका छन्।   बोल्दै उनले  राष्ट्र निर्माणमा शिक्षा महत्वपूर्ण पाटो भएको बताउँदै शिक्षा नै विकासको मेरुदण्ड भएको बताएका हुन् । बौद्ध विश्वविद्यालय विशिष्टिकृत विश्वविद्यालय भएकाले त्यसको आफ्नै महत्व रहेको बताए।

‘आनन्द हुनु भनेको ज्ञान प्राप्त गरेर बहुत्व प्राप्त गरी आत्मिक एवम् भावनात्मक रुपमा सन्तुष्टि हुनु हो’, उनले भने, ‘भौतिक समृद्धि पूर्वाधार विकासबाट हुन्छ भने आत्मिक समृद्धि शान्ति, शिक्षा, नैतिकता, अनुशासन र मानवताबाट प्राप्त हुन्छ।’

‘समाज र देशमा सौन्दर्य प्राप्त गर्न प्रत्येक नागरिक ज्ञानी हुनुपर्छ’ मन्त्री पौडेलले भने,  ‘नागरिकलाई ज्ञानी बनाउने शिक्षा नै हो।’

उनले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बुद्धका उपदेश र बौद्ध शिक्षालाई जीवनोपयोगी बनाउने गरी विश्वविद्यालयलाई शैक्षिक अनुसन्धानको केन्द्र बनाउनुपर्नेमा जोड दिए।

Thuprai - Books and E-books