After SEE Portal

त्रिविको ४७ औं दीक्षान्त समारोहमा २९७२९ जना विद्यार्थी दीक्षित हुने

Bridge Course

त्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा २९ हजार ७२९ जना विद्यार्थी दीक्षित हुने भएका छन् । त्रिवि ६२ औं बार्षिक दिवसका अवसरमा आयोजना गरिएको बैठकले ५९ औं ग्रेस लिष्ट पारित गरी विद्यार्थीलाई दीक्षित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) को  कारण  विद्युतीय माध्यम (अनलाइन) बाट सम्पन्न बार्षिक दिवस बैठकले २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्त सम्म तोकिएका सम्पूर्ण आवश्यकता पुरा गरी ट्रान्सक्रिप्ट समेत लिइसेका विद्यार्थीहरुलाई ग्रेसलिष्टमा समावेश गर्ने निर्णय गरेको हो ।

ग्रेस लिष्टमा सहभागी चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत १ हजार ३४०, इन्जियरिङ्ग अध्ययन संस्थान अन्तर्गत ८२६, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत २ हजार ९७४,कृषि र पशुविज्ञान अध्ययन संस्थान अन्तर्गत ४६२, वन विज्ञान अध्ययन संस्थान अन्तर्गत २७९ व्यवस्थापन संकाय अन्तर्गत ८ हजार ३४३, शिक्षाशास्त्र संकाय अन्र्तगत ७ हजार ११८, मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत ७ हजार ५०७ र कानुन संकाय अन्तर्गत ८८० दीक्षित हुने भएका छन् ।

बार्षिक दिवस बैठकमा ५९ औं ग्रेसलिष्टको संक्षिप्त विवरण प्रस्तुत गदै त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले ग्रेसलिष्टमा सहभागी २९ हजार ७ सय २९ मध्ये साधारण तर्फ २३ हजार ८ सय ४८ (८०.२२ प्रतिशत) र प्राविधिक शिक्षातर्फ ५ हजार ८ सय ८१ (१९.७८ प्रतिशत) विद्यार्थी रहेको जानकारी दिए । उनले कोरोना भाइरसले उब्जाएको विषम परिस्थितिका कारण समयमा परीक्षा हुन नसक्दा र ट्रान्सक्रिप्ट लिन नसकेका धेरै विद्यार्थीहरुको नाम ग्रेस लिष्टमा पर्न नसकेको बताए ।

त्रिविका कुलपति एवम् सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाले उपकुलपति धर्मकान्त वास्कोटालाई सन्देशमार्फत् नेपालको उच्च शिक्षामा आफ्नो पृथक पहिचान र गरिमामय इतिहास निर्माण गर्न सफल भएकोमा त्रिविलाई शुभकामना व्यक्त गरेको शुभकामना व्यक्त गरेका थिए ।

प्रधानमन्त्री देउवाले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को दोश्रो लहरका कारण व्यक्तिगत,सामाजिक तथा राष्ट्रिय जीवन अस्तव्यस्त रहँदापनि त्रिविले वैकल्पिक विधिको प्रयोग गरी आफ्नो शैक्षिक,प्रशासनिक तथा अनुसन्धान सम्वन्धी गतिविधिलाई निरन्तरता दिएकोमा आफु हर्षित रहेको धारणा सन्देशपत्र मार्फत व्यक्त गरेका छन् । कठिन परिस्थितिमा पठनपाठन र परीक्षाका नयाँ विकल्पको प्रयोगबाट उच्च शिक्षामा दक्ष जनशक्ति उत्पादन र आपुर्तिको कार्यमा नेतृत्वदायी भूमिका बहन गरेकोमा उच्च प्रशंसा गर्दै आगामी दीक्षान्त समारोहमा दीक्षित हुन योग्यता पुगेका सम्पूर्ण विद्यार्थीहरुलाई बधाई समेत  दिएका छन् । 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति एवम् ६२ औं बार्षिक दिवस बैठकका अध्यक्ष प्रा।डा।धर्मकान्त वास्कोटाले कोभिड १९ को महामारीको जटिलत परिस्थितिका  वाबजुत एसियाली विश्वविद्यालयहरुमा गतवर्षको तुलनामा १०० औं स्थान माथी स्तरोन्नति प्राप्त गर्न सफल भएको, विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानमा सूचना प्रविधि र विद्युतीय कक्षाहरुमा उल्लेखनीय उपलब्धी हासिल गरेको जानकारी दिए ।

उपकुलपति बास्कोटाले पाठ्यक्रम विकास केन्द्र, परीक्षा नियन्त्रण कार्यालय र डीन कार्यालयहरुमा अनलाइन माध्यामबाट आवेदन बुझाउने व्यवस्था गरिएको विश्वविद्यालयको वेवसाइटलाई परिमार्जन गरी विश्वविद्यालय मातहतका सबै निकायहरुको वेवसाइटमा एकरुपता ल्याउन इन्जियिरिङ्ग अध्ययन संस्थान मार्फत काम प्रारम्भ गरि सकिएको जानकारी दिए ।

फोटोः त्रिविको फेसबुकबाट

नयाँ नियुक्ति पाएका शिक्षकहरुलाई सेवा प्रवेश तथा शिक्षण विधिको तालिम दिन शुरुवात गरिएको र झण्डै ६ हजार शिक्षकहरुलाई प्रविधीमैत्री  तथा अनुसन्धानमुखी तालिम दिईसकेको  तथा कर्मचारीहरुको लागी सेवाकालीन तालिमको व्यवस्था गरिएको, त्रिविका सवै आंगिक क्याम्पसहरुमा  अनलाईन कक्षा व्यवस्था गर्न सूचना प्रविधि युनिटको व्यवस्था गरिएको र सामुदायिक क्याम्पसहरुमा अप्टिकल फाइवरको संजाल  निर्माण गर्न नेपाल सरकार मार्फत कार्य अगाडि बढाएको, त्रिविमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या ५०० पुयाउन सफल भएको, विश्वविद्यालयको हातामा पर्खाल लगाउन र परिसर भित्रका सडक कालोपत्रे गरी भौतिक संरचना निर्माण गरिएको, विश्वविद्यालयलाई नव प्रवर्तनात्मक तथा अनुसन्धानमुखी बनाउन नेपाल सरकाबाट गत आर्थिक बर्षमा प्राप्त ९ करोड र विश्वविद्यालयको आफ्नै स्रोतबाट ३ करोड गरी जम्मा १२ करोड अनुसन्धानमा लगानी गरी अनुसन्धानलाई  वढावा दिइएको, केन्द्रीय पुस्तकालयलाई विद्युतियकरण गर्दै विश्वविद्यालयका सम्पूर्ण शैक्षिक सामग्री अनलाईन डाटावेस मार्फत पाठक समक्ष पुयाइएको । केन्द्रीय पुस्तकालयमा बौद्धिक चोरी पत्ता लगाउने विद्युतीय उपकरण जडान गरि बौद्धिक चोरीलाई न्यूनीकरण गर्ने अभियान शुरु गरीएको बताउनुभएको थियो ।

त्रिविको ५ अर्ब बेरुजु फर्छौट

बैठकमा उपकुलपति प्राडा वास्कोटाले विश्वविद्यालयको बेरुजु न्यूनीकरण गर्ने निर्देशिका तयारी गरी यसै बर्ष ८ अर्ब बेरुजु फर्छौट गर्ने लक्ष्य राखिएकोमा ५ अर्ब फर्छौट भइ सकेको जानकारी दिए ।

त्यसैगरी त्रिविले यो वर्षदेखि एन्टी करप्सन स्टडी, जीयोस्पेस एवम् रक एण्ड टनेल इन्जिनियरिङ्ग जस्ता विषयहरुको अध्यापन शुरुवात गरिएको जानकारी दिए ।

त्रिविले विश्वविद्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्टमा एकरुपता कायम गर्न क्रेडिट ट्रान्सफर गर्ने व्यवस्थाको नीतिगत निर्णय गरेको छ । विश्वविद्यालयको पुनः सरंचना गर्न नियम विनियमहरुमा एकरुपता ल्याउन र शिक्षण, प्रशिक्षण र खर्च प्रणालीमा एकरुपता ल्याउन कार्यदल गठन गरी कार्य अगाडी बढाइएको बैठकमा जानकारी गराइएको छ । विश्वविद्यालयका शिक्षक÷कर्मचारीहरुको नियमित आपूर्ति तथा पदोन्नतिका लागी त्रिवि सेवा आयोगबाट गरिने विज्ञापनलाई नियमित गरिएको बार्षिक दिवस बैठकमा समक्ष जानकारी गराएका थिए ।

उपकुलपति प्राडा वास्कोटाले विश्वद्यिालयमा रहेको भौतिक पूर्वधारको जीर्ण अवस्था, शिक्षक कर्मचारीहरुको निवृत्तिभरणको समस्या, उच्चशिक्षामा  राज्यको पर्याप्त लगानीको अभाव  तथा आंशिक,करार शिक्षक÷तथा श्रेणीविहिन कर्मचारी लगायतका समस्याहरुसमेत रहेको जानकारी गराएका थिए ।

त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले कोरोना भाइसका कारण सिर्जित जटिल परिस्थितिका कारण वार्षिक दिवस बैठक अनलाईन माध्यमको सहयोगमा गर्नुपर्ने वाध्यात्मक परिस्थित निर्माण भएको बताउदै वार्षिक दिवस बैठकमा उपस्थित सम्पूर्ण सभासदहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

 

A Levels MA
Thuprai - Books and E-books