After SEE Portal

राप्ती प्राविधिक शिक्षालयको रजत जयन्ती

Bridge Course
दाङ राप्ती ३ लालमटियाको राप्ती प्राविधिक शिक्षालयको रजत महोत्सवमा सभामुख कृष्ण बहादुर महरासहित अतिथिहरु । तस्वीर : दीपक बोहरा, रासस, लमही(दाङ)


लमही, ३ वैशाख (रासस):  प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले स्वरोजगार सिर्जना गर्न प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । दाङको राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयको रजत जयन्तीको अवसरमा आज उहाँले अब परम्परागत शिक्षाभन्दा टिक्ने, बिक्ने र सिक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो ।

“अब परम्परागत शिक्षाभन्दा पनि आधुनिक र प्राविधिक शिक्षा आवश्यक छ”, उहाँले भन्नुभयो, “त्यसैले हामीले अब प्राविधिक शिक्षालाई जोड दिनुपर्छ ।” उहाँले सरकारको एक वर्ष आधार वर्ष भएकाले अबका वर्षलाई विकास निर्माणको वर्षका रुपमा अघि बढ्ने बताउनुभयो । सभामुख महराले अझै पनि सङ्घीयता नीतिगत रुपमा प्रष्ट भए पनि व्यावहारिक रुपमा प्रष्ट नरहेको भन्दै सङ्घीयतालाई सफल पार्न निकै चुनौती पार गर्नुपर्ने बताउनुभयो । अहिले नयाँ संविधान कार्यान्वयनको चरणमा केही संक्रमण बाँकी रहेपनि छिट्टै समाधान हुने उहाँको भनाइ थियो ।

सांसद मेटमणि चौधरी, गङ्गा थारु, प्रदेशसभा सदस्य इन्द्रजित थारु, रेवतीरमण शर्मा, दामा शर्मा र सरस्वती गौतमले प्राविधिक शिक्षालयले धेरै गरीबका छोराछोरीलाई प्राविधिक शिक्षाको पहुँचमा पु¥याएको बताउनुभयो ।

A Levels MA
Thuprai - Books and E-books