A Levels MA

शिक्षा पत्रकार समूहको २२ औं साधारणसभा सम्पन्न

शिक्षा पत्रकार समूहको २२ औं केन्द्रीय साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाले शिक्षा बिट पत्रकारिताको प्रबद्र्धन, शैक्षिक मुद्दाकेन्द्रीत बहस अन्तरक्रिया, गुणस्तरीय शिक्षालगायत क्षेत्रमा अनुसन्धान र शिक्षासम्बन्धी पुस्तक प्रकाशन गरी शैक्षिक सुधारका लागि पैरवी गर्ने निर्णय गरेको छ ।

शिक्षा पत्रकार समूहले बितेका दुई दशकमा उठाएका शैक्षिक सवाल, टुंगो लागेका र नलागेका मुद्दाबारे एउटा पुस्तक प्रकाशन गर्ने जानकारी दियो ।

त्यस्तै, शिक्षा क्षेत्रका विविध पक्षमा खोज अनुसन्धान र गहन रिपोर्टिङको कार्ययोजना पनि साधारणसभाले पारित गरेको छ ।

कोभिडका कारण भौतिक उपस्थितिमा कार्यक्रम गर्ने स्थिति नरहेकाले शिक्षा पत्रकार समूहले गत वर्षदेखि आफ्ना गतिविधि, अन्र्तक्रिया र कार्यक्रमहरु भर्चुअल माध्यमबाट गर्दैआएको छ । गत वर्ष समूहले शैक्षिक मुद्दामा खोजमुलक रिपोर्टिङ गर्ने ३३ शिक्षा पत्रकारलाई लेखनवृत्ति प्रदान गरेको थियो ।

शिक्षा पत्रकार समूह, शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल र हिमालय टेलिभिजनको साझेदारीमा ‘बहसमा शिक्षा’ कार्यक्रम नियमित प्रसारण गर्दैआएको छ । तीन महिनामा १३ अंक प्रसारण हुँदा यो कार्यक्रममार्फत शिक्षा क्षेत्रका ३४ सरोकारवालासँग अन्तरक्रिया भईसकेका छन् । त्यस्तै, राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा ‘सामुदायिक विद्यालयको सबलीकरणका निम्ति सबल विद्यालयहरुको अभ्यास अध्ययन’ गरिएको थियो । त्यसको प्रतिवेदन आयोगको वेबसाइटमा समेत छ ।

गत वर्षदेखि प्रादेशिक संरचनामा गएको शिक्षा पत्रकार समूहले प्रदेशस्तरमा पनि आफ्ना गतिविधि संचालन गर्दैआएको छ । कर्णाली प्रदेश समन्वय समितिले स्थानीय तहमा शैक्षिक मुद्दाबारे अन्तरक्रिया गर्दैआएको छ । त्यस्तै, अन्य प्रदेश समितिले पनि गतिविधि संचालन गरिरहेका छन् ।

कार्यबाहक अध्यक्ष कृष्ण मल्लको अध्यक्षतामा सम्पन्न साधारणसभामा पूर्वअध्यक्षहरु राजन शर्मा, हरि थापा, सुदर्शन घिमिरे, नारायण अमृतले वर्तमान शैक्षिक मुद्दा, नेपालको शिक्षा पत्रकारिता र शिक्षा पत्रकार समूहको भावी दिशाबारे आफ्नो धारणा राखेका थिए ।

कर्णाली प्रदेश संयोजक कलेन्द्र सेजुवाल र सुदूरपश्चिम प्रदेश संयोजक शिवराज भट्टले अब प्रदेशमा पनि शैक्षिक बहस सिर्जना गरिने बताए ।

Thuprai - Books and E-books