Edusanjal

१४ जिल्ला कोभिड–१९ अति प्रभावित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जिल्लालाई ‘बढ्दो कोभिड–१९ अति प्रभावित जिल्ला घोषणा गरेको छ । मन्त्रालयले हिजो एक जरुरी अपिल जारी गरी

काठमाडौँ, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ जिल्लालाई ‘अति प्रभावित’ जिल्लामा वर्गीकरण गरेको हो ।

यी जिल्लाहरूमा ‘बढी भिडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसायहरू, सात बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरू, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरू, सभा, सम्मेलन, बैठक तथा भेलाहरू, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरूमा सहभागी नभइदिनु हुन’ अपिल गरिएको छ ।

भिडभाड हुुने क्षेत्रमा रात्रि व्यवसाय, जात्राहरू, सभासम्मेलन, सिनेमा हल, सपिङ मल, पार्टी प्यालेस लगायतसँगै विद्यालयलाई पनि राखेर ‘सहभागी नभइदिनु हुन’ अपिल गरिएको छ ।

pre school