कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं । माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा आज (सोमवार) सार्वजनिक हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आजवेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाएको छ । 


बोर्डका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङकलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ । बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक गर्दैछ । अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न सुरु गरेको हो । 

गत १५ वैशाखदेखि २६ सम्म सम्पन्न परीक्षामा ४ लाख २८ हजार ५२ विद्यार्थी सहभागी भएका थिए । देशभरका १ हजार १ सय ७ परीक्षा केन्द्रमा साधारण तथा प्राविधिक विषय समूहका परिक्षा भएका थिए । 

 वोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको थियो । वोर्डले कक्षा १२ को नतिजा जि.पी.ए का आधारमा प्रकाशन गर्दै आएको छ । 

विद्यार्थीहरुले कक्षा १२ को नतिजा सार्वजनिक भएपछि   https://neb.edusanjal.com/  बाट हेर्न सक्नेछन् ।