After SEE Portal

सुदुरपश्चिम प्रदेश सरकारको बजेटमा शिक्षातर्फ  ११.५१ प्रतिशत बजेट

Bridge Course

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ का शिक्षा क्षेत्रमा कुल बजेटको ११।५१ प्रतिशत बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रका लागि कार्यगत व्यव अनुमान तर्फ ३ अर्ब ६४ करोड १२ लाख ३९ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । कुल बजेट ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपियाँ बजेट ल्याउँदा शिक्षामा कुल बजेटका११.५१ प्रतिशत बजेट विनियोजन गरेको हो ।

त्यसैगरी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयका लागि ६ अर्ब ७४करोड १८ लाख ८५ हजार वित्तीय व्यय अनुमान गरेको छ ।

प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले शनिबार प्रदेशसभामा चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ र पूँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका छन् ।

सो बजेटमा शिक्षक क्षेत्रका कार्यक्रममा जयपृथ्वी बहादुर सिंह शैक्षिक पूर्वाधार विकास तथा विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम मार्फत विद्यालय शिक्षामा पहुँच वृद्धि, गुणस्तर सुधार, शैक्षिक पूर्वाधार निर्माण र सिकाई उपलब्धि सुधारका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने घोषणा गरेको छ ।

प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा मापदण्ड तयार गरी एक–एक वटा विद्यालय छनोट गरी नमूना विद्यालयका रूपमा विकास गर्न प्रदेश सरकारले रु. २० करोड  बजेट विनियोजन गरेको छ ।

सुदूरपश्चिम प्रदेश विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि बजेट स्थापना गरेको छ ।

प्रदेशभित्रका प्राकृतिक स्रोत एवम् स्थानीय सम्भावनाहरूको अध्ययन अनुसन्धान गरी प्रदेशको आर्थिक विकासमा टेवा पुऱ्याउन तथा दक्ष प्राविधिक जनशक्तिको उत्पादन गर्नका लागि आवश्यक कानुन बनाई सुदूरपश्चिम प्रदेश विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि आवश्यक बजेट विनियोजन गरेको हो ।

प्रत्येक स्थानीय तहमा एक–एक वटा बालविकास केन्द्रलाई नमूना बालविकास केन्द्रको रूपमा विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छु। यस कार्यक्रमका लागि रु. १ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

विद्यालय नर्स कार्यक्रमलाई क्रमशः विस्तार गर्दै लगिने, बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थाको सुधार गर्न स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रोत्साहन र सहयोगका लागि रु. १० करोड विनियोजन गरेको छ।

बेलौरीमा सुविधायुक्त आवासीय विद्यालय

बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा सहज पहुँचका लागि कञ्चनपुरको बेलौरीमा सुविधायुक्त आवासीय विद्यालय सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गरेको छ । बादी समूदायका छात्रछात्राहरूको प्राविधिक शिक्षा र उच्च शिक्षामा पहुँच वृद्धि गर्न बादी उत्थान छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम कार्यक्रमको गुणस्तर र सान्दर्भिकता अभिवृद्धि गर्न प्राविधिक शिक्षा प्रदायक शैक्षिक संस्थाहरूको क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि वृत्तिमार्ग निर्देशन सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

उच्च शिक्षा, चिकित्सा शिक्षातर्फ छात्रवृत्ति

गरिब, विपन्न, सहिद, बेपत्ता र घाइते परिवार, अपाङ्ग, महिला, दलित, मुक्त कमैया, कम्लरी, हलिया र सीमान्तकृत वर्गका छात्रछात्रा तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा, चिकित्सा शिक्षातर्फको एमबीबीएस र विषेशज्ञ चिकित्सा अध्ययन गर्न छात्रवृत्ति दिने कार्यक्रमलाई निरन्तरता दिएको छु। यस कार्यक्रमका लागि रु। ५ करोड ८० लाख विनियोजन गरेको छ।

उच्च शिक्षामा पहुँच विस्तारसँगै गुणस्तरमा सुधार गर्न कार्यसम्पादनका आधारमा सामुदायिक क्याम्पसहरू, प्राविधिक शिक्षा र विज्ञान विषय पठनपाठन गराई रहेका विद्यालयहरूका लागि अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

विद्यालयमा मानसिक स्वास्थ्य कार्यक्रम

विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि, विद्यालय छोड्ने दर न्यूनीकरण र मानसिक स्वास्थ्य प्रवर्धनका लागि गैरसरकारी संघसंस्था र स्थानीय तहसँगको सहकार्यमा विद्यालय मानसिक स्वास्थ्य कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छ ।

A Levels MA
I Tech store