कक्षा १२ पूरक परीक्षामा १ लाख ४ हजार २६ परीक्षार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस नतिजासँगै ग्रेड वृद्धि (NG) भएर अन्योलमा रहेका हजारौँ विद्यार्थीहरूको उच्च शिक्षा अध्ययनको बाटो खुलेको छ। बोर्डका अनुसार २०८२ साल असोज ७ र ८ गते सञ्चालन भएको पूरक परीक्षामा जम्मा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए।

परीक्षाफलको विवरण निम्नानुसार रहेको छ:

विवरण कूल परीक्षार्थी सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थी ग्रेड प्राप्त प्रतिशत
परीक्षार्थी संख्या १,०४,०२६ ७६,३६७ ७३.४१
परीक्षफल रद्द गरिएको परीक्षार्थी संख्या - -

निम्न क्रमाङ्क भएका परीक्षार्थीहरूको परीक्षाफल रद्द गरिएको छ:

  • ७९०१७०

  • ७९०१११३८

  • ७९०१४०१६६

  • ७९०१४०४४४

परीक्षाफल सम्बन्धी जानकारी उपलब्ध गराउने व्यवस्था

परीक्षार्थीहरूले नतिजा Website, SMS Service र IVR Service बाट प्राप्त गर्न सक्नेछन्:

Website: १. राष्ट्रिय परीक्षा बोर्डको website: www.neb.gov.np २. नेपाल टेलिकमको website: www.neb.ntc.net.np

SMS सेवा: १. नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका: NEB <space> Symbol No. टाइप गरी १६०० मा SMS गर्ने।

पुनश्चः

१. प्रमाणपत्र उपलब्ध गराउने सम्बन्धी व्यवस्था कक्षा १२ को मौका (पूरक) परीक्षामा सहभागी भई प्रयोगात्मक बाहेकका सैद्धान्तिक परीक्षामा Grade D ग्रेड प्राप्त गरेका परीक्षार्थीहरूले मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन भएको १० दिन पश्चात् मात्र ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल (TMP) प्रमाणपत्रका लागि रु. १५००/- (एक हजार पाँच सय मात्र) र मौका ग्रेड र कक्षा १२ को मौका ग्रेड वृद्धि प्रमाणपत्र प्राप्तिका लागि थप रु. ५००/- बुझाउनु पर्नेछ।

२. कक्षा १२ को मौका (पूरक) परीक्षाफल प्रकाशन पश्चात् आफ्नो ग्रेडको कुनै विषयको पुनर्योग (Re-totaling) गर्न चाहने परीक्षार्थीहरूले प्रति विषय रु. १०००/- (एक हजार मात्र) का दरले Online माध्यमबाट दस्तुर भुक्तानी पश्चात् २०८२ कार्तिक २४ देखि मङ्सिर ३ गतेसम्म (१० दिन भित्र, १०:०० बजेदेखि ५:०० बजेसम्म) राष्ट्रिय परीक्षा बोर्डको website: neb.gov.np मा रहेको Retotaling Grade 12 (Supplementary) मार्फत अनलाइन निवेदन दिनुपर्नेछ।

३. कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशनमा कमी कुनै त्रुटि (स्थगित वा अनुपस्थित, विषय फरक पर्नु, नाम, थर, रजिष्ट्रेशन नम्बर फरक पर्नु आदि) देखिएमा शिक्षा समन्वय कार्यालयहरू वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरमा नतिजा प्रकाशन भएको मितिले ६ महिनाभित्र आवश्यक कागजातसहित निवेदन दिई फेरि कारबाही गराउन सकिनेछ र रितपूर्वक निवेदन उपर कुनै कारबाही नहुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ।

४. नतिजालाई प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने छ।