After SEE Portal

१० हजार विद्यालयले आइईएमआइएस अद्यावधिक गरेनन्

Bridge Course

विद्यालयले अझै पनि एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) अद्यावधिक गर्न सकेनन् । पटकपटक आइईएमआइएस अद्यावधिक गर्न विद्यालयलाई समय थप गरेको भए पनि विद्यालयले अझै सो विवरण शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउन नसकेका हुन् । विद्यालयले यो प्रणालीमा भएको परिमार्जित भर्सन अनुसार डाटा अपलोड गर्ने प्रक्रिया लामो र आफूसंग भएका विद्यार्थीको डाटा एक्सेल फाइललाई सिधै पठाउन नसिकिने र प्रत्येक विद्यार्थीको एकएक डाटा राखिरहन एकदम समय लाग्ने हुँदा समसया भएको विद्यालयको भनाइ रहेको छ ।

केन्द्रले भने पटक-पटक सूचना जारी गरेर समथ थप गर्दा पनि अभलै १० हजार विद्यालयले विवरण नपठाएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जानकारी दियो ।

केन्द्रका अनुसार अहिले ३५ हजार ६७४ विद्यालयमध्ये करिब २५ हजार विद्यालयले मात्रै विवरण पठाएको केन्द्रका तथ्यांक शाखा प्रमुख रामचन्द्र शर्माले बताए । निर्धारित समय व्यतित भइसक्दा पनि केही विद्यालयहरुको विवरण अझै अद्यावधिक नभएको पाइएकाले बजेट तथा कार्यक्रम तयारीमा समस्या सृजना भएको उनले जानकारी दिए ।

समयमा विवरण अद्यावधिक नगरिएका कारण प्राप्त हुने अनुदानबाट विद्यालय र सेवा सुविधाबाट विद्यार्थी वञ्चित हुने अवस्था सृजना भएमा सम्बन्धित विद्यालयको प्रधानाध्यापक नै जिम्मेबार हुने भनी पटकपटक सूचना जारी गरिएको भए पनि विद्यालयले आइईएमआइएस अद्यावधिक गराएका छैनन् ।

केन्द्रको पछिल्लो सूचना अनुसार विद्यालयले भदौ मसान्तभित्र अनिवार्य रुपमा विवरण अद्यावधिक गरी अपलोड गर्न र यस कार्यमा स्थानीय तहबाट आवश्यक सहजीकरण गरिदिनु हुन निर्देशन गरिएको थियो ।

केन्द्रले यस अघि देशमा उत्पन्न प्राकृतिक प्रकोपल तथा प्राविधिक कारण विद्यालयलाई साउन मसान्तसम्म विवरण अद्यावधिक गराउने विद्यालयलाई समयावधि दिएको थियो ।प्राकृतिक प्रकोपका कारण कतिपय विद्यालयको भवन नै बगाएको, जोखिममा परेको लगायतका कारण भदौ मसान्तसम्म समयावधि थप गरेको थियो ।

पटकपटक समयावधि थप गरिएको हुँदा विवरण अद्यावधिक नगराउने विद्यालयको नामावली सार्वजनिक गर्ने तयारीमा रहेको प्रमुख शर्माले बताए । ‘हामीले विद्यालयलाई विवरण पठाउन ताकेता गर्ने हो त्यो गरिरहेका छौं ।’ उनले भने, ‘नपठाएपछि नामावली सूची सार्वजनिक गर्ने तयारीमा जुटेका हौं तर प्राविधिक कारण केही ढिलाइ भएको छ ।’

A Levels MA
Thuprai - Books and E-books