After SEE Portal

१० खर्ब रूपियाँ खर्चने गरी पुनः शिक्षामा अर्को योजना सुरु (साप्ताहिक शैक्षिक गतिविधि माघ२१–२७)

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुनः एक पटक १० वर्षे विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा ल्याएको छ।

कुल रु. ९ खर्ब ९१ अर्ब ३२ करोड ९० लाख खर्च गर्ने गरी उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कार्यक्रम १० वर्से भए पनि पहिलो चरण पाँच वर्ष सञ्चालन गर्नेगरी कार्यक्रम सञ्चालनमा ल्याएको छ । शिक्षा सुधारको नाम दिँदै विगतका कार्यक्रमको लक्ष्य र उपलब्धीको समीक्षानै नगरी अरुकै अनुकूलको कार्यक्रम पहिलो चरणको २०२२–०२७ सुरु गरेको छ । बुधबार काठमाडौंको पद्योदय माध्यमिक विद्यालयमा शिक्षा मन्त्रालय तथा युरोपियन युनियनका प्रतिनिधिसहितको सहभागितामा एसइएसपीको औपचारिक रूपमा घोषणा गरिएको छ ।

१० खर्ब लागतको उक्त कार्यक्रमको युरोपियन युनियनकी कमिस्नर भोन डर लिएनले नेपाललाई ८ अर्ब नेपाली रूपियाँ उपलब्ध गराउने घोषणा गरिन् । बाँकी रकम फिनल्यान्ड, नर्वे, विश्व बैंक, युनेस्को, युनिसेफ, एसियाली बैंक तथा नेपाल सरकारको हुने भनिएको छ।

सरकारले विगतमा पनि शिक्षा सुधारको नाम दिँदै विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ । गत वर्षमात्र १० खर्ब रुपियाँ लगानी स्वाहाः पार्दै विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) को अवधि पुरा गर्यो ।

उक्त कार्यक्रमको वास्तविक उपलब्धी, प्रगतिको सुक्ष्म अध्ययन नै नगरी तारेहोटलमा प्रतिवेदन पुरा गर्दै कार्यक्रम सकियो ।

त्यो भन्दा पहिला विद्यालय क्षेत्र सुधार योजना (एसएसआरपी) कार्यान्वयनमा ल्याएको थियो । ७.२ खर्ब रूपियाँ खर्च गरेर एसएसआरपी पुरा गर्यो । सन् २००९ मा पाइलट परियोजनाको रूपमा कपिलवस्तु, रसुवा र डडेल्धुरा गरी तीन जिल्लामा एसएसआरपी सुरु भएको थियो । एसएसआरपीले विद्यालय शिक्षाको संरचनालाई कक्षा १–१२ सम्म बनायो । शिक्षा ऐनको आठौं संशोधनले कक्षा १ देखि १२ सम्म विद्यालय शिक्षा कायम गर्यो । सो योजनाले कक्षा ८ को परीक्षा स्थानीय सरकारले १० को परीक्षा प्रदेश सरकारले र कक्षा १२ को परीक्षा राष्ट्रिय स्तरमा राष्ट्रिय परीक्षा बोर्डले गर्ने घोषणा गरेको भएपनि अझै उक्त घोषणा पुरा हुन सकेको छैन । अहिले पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) बोर्डले तामझामका साथ नै गर्ने गरिरहेको छ ।

पाठ्यक्रम विकास केन्द्रले कागजात नै पुरा नगरी कक्षा १० र १२ सरहको मान्यता तथा समकक्षता प्रदान गर्ने गरिएको पाइएको छ ।

केन्द्रले विभिन्न समयमा कागजत नै रुजु नगरी मान्यता प्रदान गरेका ६ जनाको माध्यमिक तहको मान्यता तथा समकक्षता रद्द गरेको छ । केन्द्रले विभिन्न मितिमा आवेदन गरी समकक्षता प्रमाण पत्र लिएका ६ जनाको मान्यता तथा समकक्षता रद्द गरेको हो ।

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ । आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको हो । आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा विज्ञापन खुलाएको छ । आयोगले विषयगत लिखित परीक्षा ९सामन्य० आगामी वैशाख ९ गते सञ्चालन गर्ने भएको छ भने विषयगत परीक्षा सामान्यको नतिजा सार्वजनिक गरेपछिमात्र गर्ने सूचनामाउल्लेख गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र ९एनओसी० प्रदान प्रक्रियालाई थप मर्यादित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले वैदेशिक अध्ययन स्वीकृति व्यवस्थापन निर्देशिका, २०७९ तयार गरी स्वीकृतिका लागि उच्च शिक्षा महाशाखामा पेस गरेको छ ।

आवश्यक प्रक्रिया र कागजात पुरा अपलोड गरेका विद्यार्थीले एनओसी आर्फैं प्रिन्ट गर्न सक्ने व्यवस्था सहितको निर्देशिका तयार गरिएको वैदेशिक अध्ययन अनुमति शाखाले जानकारी दियो ।

चिकित्सा शिक्षा आयोगले माघ २२ गतेदेखि सञ्चालन गर्ने भनिएको स्नातकोत्तर तहको कक्षा सञ्चालन कार्यतालिका प्रभावित भएको छ । आयोगले स्नातकोत्तर तहको कक्षा प्रारम्भ गर्ने कार्यतालिका स्थगन गरेसंगै बार्षिक कार्यतालिका प्रभावित भएको हो ।

A Levels MA