CMAT

‘सामुदायिक विद्यालयको गुणस्तर खस्कियो’

Bachelors Portal

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको विशेष समयम सांसद विद्या भट्टराईले एसइई परीक्षाको नतिजा खस्कनुमा मुलुकको शिक्षा प्रणाली, पठन पद्धति र संरचनागत कमीकमजोरी भएको बताउनुभयो । उनले सामुदायिक विद्यालयको शिक्षा गुणस्तर खस्कँदो रहेको बताउँदै सामुदायिक विद्यालयमा मागअनुसार दरबन्दी नहुनु, भौतिक पूर्वाधार तथा आवश्यक स्रोत साधनको अभावले मुलुकको समग्र शिक्षाको गुणस्तर कमजोर बनिरहेको बताइन् । उनले शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री र उत्पादनमुखी बनाउन जरुरी रहेकामा जोड दिए ।

सांसद डा चन्द्रकान्त भण्डारीले एसइई परीक्षामा आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएको भन्दै उनीहरुलाई सीपमूलक तालिमलगायत प्रोत्साहनमूलक काम दिएर सरकारले आशातीत बनाउनुपर्ने माग गरे  । उनले विद्यालय  शिक्षा र विश्वविद्यालय शिक्षाको गुणस्तर सुधार्न सरकारले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याइन् ।

सांसद भण्डारीले मुलुकमा भ्रष्टाचार र अनियमितता हुनुमा योजनाविद् र विकासविद्हरु पनि रहेको भन्दै उनीहरुलाई कानुनी दायरामा ल्याउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

शिक्षा, स्वास्थ्यलगायत अत्यावश्यक सेवा क्षेत्रमा बन्द हडताल गर्नेलाई कानुनी दायरामा ल्याइनुपर्ने उनको भनाइ छ ।

सांसद शिव नेपालीले शिक्षा क्षेत्रको अनियमितताको अन्त्य गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सरोकार भएकाको ध्यानाकर्षण गराए । उनले विश्वविद्यालयमा राजनीतिकरणले शिक्षाको गुणस्तर खस्केको दाबी गर्दै यसलाई सुधारेर गुणस्तरीय र व्यावहारिक शिक्षा अपनाइनुपर्नेमा जोड दिए।

सांसद प्रेम सुवालले एसइई परीक्षामा सामुदायिक विद्यालयका विद्यार्थीको नतिजा कमजोर रहेको भन्दै विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुपर्ने माग गरे ।

Thuprai - Books and E-books
I Tech store