Bachelors Portal

प्रसाईलाई ‘इनोभेट नेपाल ग्रुप छात्रवृत्ति’

हेराल्ड कलेजले स्नातक तहमा उत्कृष्ट विद्यार्थीलाई ‘इनोभेट नेपाल ग्रुप छात्रवृत्ति’ प्रदान गरेको छ । कम्प्युटर साइन्स कार्यक्रममा उत्कृष्ट विद्यार्थी अभिनव प्रसाईलाई सो पुरस्कार प्रदान गरेको हो ।

स्नातकोत्तर ‘इनोभेट नेपाल ग्रुप छात्रवृत्ति’ प्रदान गरेको कलेजले आज आयोजना गरेको दीक्षान्त समारोहमा सार्वजनिक गरिएको छ ।

कलेजले आज आयोजना गरेको वार्षिक दीक्षान्त समारोहमा ३३४ भन्दा बढी विद्यार्थीहरूलाई दीक्षिात गरेको छ । २०२३ मा उत्तीर्ण भएका सबै स्नातकहरूलाई दीक्षित गरेको हो

त्यसमध्य २७२ स्नातकहरू बिएससी (अनर्स) कम्प्युटर साइन्स र ६२ जना विद्यार्थी बिएस्सी (अनर्स) इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका विद्यार्थी रहेको कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

सो समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले सो कलेजमा अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमामा रोजगारी पाइरहेको बताए । उनले वेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्याथी सूचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राखेका थिए ।

समारोहमा, कलेजका शैक्षिक साझेदारको रूपमा काम गर्ने उल्भरहेम्टन विश्वविद्यालयका सर्जिन मोप्लले दीक्षित विद्यार्थीलाई शुभकामना प्रदान गरेका थिए ।

Thuprai - Books and E-books