साप्ताहिक शैक्षिक गतिविधि (माघ १३-१८)

 

शिक्षाका कर्मचारी समायोजन भएको स्थानीय तहमा अनिर्वाय जानै पर्ने शिक्षा विकास तथा मानवस्रोत केन्द्रले निर्देशन दिएको छ भने केन्द्रले कार्तिकमा रोकेको शिक्षकको अन्तर जिल्ला सरुवा समेत यो हप्ता फुकुवा गरेको छ ।

लामो समयदेखि आन्दोलनले थला पर्दै गएको काठमाडौं विश्वविद्यालयको सिनेट निर्णयमा पुग्न सकेन । माघ १३ मा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सिनेट बैठक बिना निष्कर्ष नै टुंगिएपछि विशेष सभा माघ २१ मा बोलाइएको छ ।

यसै हप्ता उच्च शिक्षा ऐन, २०७६ (मस्यौदा) इडियुपत्रले फेला पारेको छ । उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गरी देशको शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई अझ बढी गुणस्तरीय, मर्यादित र उपलब्धिमूलक बनाउन र विश्वविद्यालय तथा उच्च शिक्षण संस्थाको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन सम्बन्धी कार्यलाई सहजीकरण र व्यवस्थित गर्नको लागि उच्च शिक्षा सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले,संघीय संसदले यो ऐन बनाएको हो, भनिएको छ ।

त्यसैगरी शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रले शिक्षाका सम्पूर्ण कर्मचारीलाई सामायोजन गरिएको स्थानीय तहमा अनिवार्य हाजिर हुन जानुपर्ने निर्देशन दिएको छ । केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै उक्त निर्देशन दिएको हो ।

त्यसैगरी केन्द्रले गत कार्तिक २४ गते शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न नभएसम्मका लागि शिक्षकको नियुक्ति र सरुवामा रोक लगाएकोमा यही हप्ता सो रोक फुकुवा गरेको छ । केन्द्रले देशैभरिका समन्वय इकालाई पत्राचार गर्दै शिक्षकको जिल्लान्तर सरुवा फुकुवा गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बिएस्सी एम।आइ।टि, बि.पि.एच, बि.एस्सी एमएलटी, बि फार्मेसी (हेल्थ साइन्स), बि फार्मेसी (जनरल साइन्स), बिएस्सी नर्सिङ विषयमा  छात्रवृत्तिका लागि छनौटमा परेका विद्यार्थीको नामावली सार्वजनिक गरेको छ ।

जनप्रभात माध्यमिक विद्यालयमा सूचना प्रविधि कक्षा यसै हप्तादेखि सुरु गरिएको छ । सलर्ताहीको वाग्मती नगरपालिकाले यो हप्ता नगर शिक्षा ऐन सार्वजनिक गरेको छ । जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयमै छोराछोरी पढाउनु पर्ने प्रावधान सहित नगरपालिकाले नगरशिक्षा ऐन जारी ग¥यो ।

पोखरामा त्रिवि शिक्षण अस्पतालको यसै हप्ता शिलान्यास गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याउने भएको हो । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको पोखरा नर्सिङ क्याम्पसमा अस्पताल खोल्न लागिएको हो ।

त्यसैगरी मन्त्रीपरिष्द्को निर्णयअनुसार विश्वविद्यालय अनुदान आयोगको सदस्यमा बास्कोटा र माकाजुलाई नियुक्त गरिएको छ । त्यसैगरी त्रिविले स्वन्तत्र विद्यार्थी युनियन निर्वाचन तालिका यसै हप्ता सार्वजनिक गरेको छ ।

शिक्षा मन्त्रालयले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालनको जिम्मेवारी विधिवत रुपमा भक्तपुरको चाँगुनारायण नगरपालिकालाई यसै हप्ता देखि सुम्पेको छ ।

यो हप्ता अख्तियारमा शिक्षकका नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दाको अनुसन्धान हुँदा तीन जना शिक्षकले भारतका विभिन्न शैक्षिक संस्थाबाट नक्कली प्रमाणपत्र ल्याई सेवा प्रवेश तथा बढुवा समेत भएको तथ्य फेला पारेको छ । अख्यिारको अनुसन्धानमा नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने शिक्षक धेरै भेटिएका छन् ।

लोकस, इन्जिनियरिङ अध्ययन संस्था, पुल्चोक क्याम्पसले आयोजना गरेको १७ औं राष्ट्रिय प्राविधिक प्रदर्शनी गत शुक्रबारदेखि सुरु भएाके छ । विभिन्न  देशभरका कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागका विद्यार्थी पुल्चोक क्याम्पसमा  सो प्रदर्शनीका लागि भेला भएका छन् आइतबारसम्म  सञ्चालन  हुने सो मेलामा सय स्टल राखिएका छन् ।

 

Thuprai - Books and E-books