A Levels MA

नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने शिक्षक धेरै, सबै प्रमाणपत्र भारतका

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा पछिल्लो एक हप्तामा तीनजना शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको पाइएको छ । छानविनमा नक्कली प्रमाणपत्रको प्रयोगगरी सेवा प्रवेश गर्नेमा शिक्षक धेरै भेटिएका छन् । शिक्षक विरुद्ध परेका उजुरी माथि छानविन हुँदा एक हप्तामा  तीन जना शिक्षकको नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको हो ।

अख्तियारका अनुसार नक्कली प्रमाणपत्र सम्बन्धी उजुरी धेरै पर्ने गरेका छन् । अख्तियारले आज पनि एकजना नक्कली प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेका प्रधानाध्यापक विरुद्ध मुद्दा  दर्ता गराएको छ ।

श्री शिव मा।वि। केशवटार तनहुँका शिक्षक श्रीप्रसाद पौडेलले सेवा प्रवेशदेखि बढुवा हुँदा नक्कली प्रमाणपत्र पेश गरेको पुष्टि भएको हुनाले अख्तियारले निज उपर मुद्दा दर्ता गराएको हो ।

भारतस्थित माध्यमिक शिक्षा परिषद अन्तर्गत उत्तर प्रदेश इलाहवादको इन्टरमिडिएट परीक्षा उत्तीर्ण प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेका उनी हाल निम्न माध्यमिक तहमा बढुवा भएका छन् । उनी अहिले कालिका मा।वि। बन्दिपुर(२ तनहुँमा प्राधानाध्यापकको पदमा कार्यरत छन् ।

पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा ९२० तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवाना हुन मागदावी गदै आज विशेष अदालत, काठमाडौंमा अख्तियारले आरोपपत्र दायर गरेको अख्तियारले जानकारी दियो।

त्यस्तै तनहुँकै कुमारी आधारभूत विद्यालय शुक्लागण्डकीमा कार्यरत शिक्षिका शारदा अधिकारी ९लामिछाने० विरुद्ध हिजो मात्र अख्तियारले मुद्दा दर्ता गरायो। 

शिक्षिका अधिकारीले नक्कली शैक्षिक प्रमाणपत्रका भरमा स्थायी नियुक्ति लिई सेवा सुविधा लिएको उजुरी माथि छानविन हुँदा शिक्षिकले भारतको बिहार विद्यालय परीक्षा समिति, पटना भारतबाट माध्यमिक परीक्षा उत्तीर्ण गरेको झुठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको पाइएको हुँदा मुद्दा दायर गरिएको अख्तिियारले जानकारी दियो ।

त्यस्तै नक्कली प्रमाणपत्रका भरमा ३५ बर्ष सम्म पढाएका एक शिक्षक विरुद्ध दुई दिन अगाडि मात्र मुद्दा दर्ता गरेको छ । शहिद स्मारक माध्यमिक विद्यालय, कम्दी ७ पदमपुर, बाँकेमा प्राथमिक तहमा स्थायी भएका प्रा।वि। द्वितीय श्रेणीका शिक्षक उदयराज यादव विरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

उनले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश बोर्ड अफ हाईस्कुल एण्ड इन्टरमिडिएट एजुकेशन यू।पी। भारतबाट हाईस्कुल उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी  सेवा प्रवेश गरेका हुन् ।अख्तियारको छानविनमा तीनैवटा नक्कली प्रमाणपत्र भारतबाटै ल्याइएको पाइएको छ ।

अख्तियारले तयार गरेको २९औं वार्षिक प्रतिवेदनमा एक वर्षमा ८८ वटा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी मुद्दाको किनारा लगाएको थियो । प्रतिवेदन अनुसार एकै प्रकृतिका मुद्दामध्ये शिक्षकको नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दा बढी भेटिएका छन् । अधिकांश शिक्षकले भारतबाटै प्रमाणपत्र ल्याएको पाइएको छ ।

Thuprai - Books and E-books