CMAT

एसइईको क्यालेन्डर तय

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को क्यालेन्डर निर्धारण गर्ने निर्णय गरेको छ । बोर्डको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले अबदेखि हरेक वर्ष चैत ७ गतेदेखि एसइई सञ्चालन गर्ने र नतिजा पनि असार ७ गते नै सार्वजनिक गर्ने प्रस्ताव बोर्डबैठकमा पेस गरेको थियो ।

रापबोर्डका उच्च सूत्रले दिएको जानकारीअनुसार बैठकले गते नै तोक्नु उपयुक्त नहुने भन्दै साता तोक्नु पर्ने निर्णय गरेको छ ।

सूत्रका अनुसार अबदेखि हरेक चैतको पहिलो साताबाट एसइई सञ्चालन हुनेछ भने असारको पहिलो सातामा नतिजा सार्वजनिक गर्ने निर्णय भएको छ ।

यसैबीच २०८० सालको एसइईको नतिजा आगामी असारको दोस्रो सातामा सार्वजनिक हुने भएको छ ।

पनिकाका अनुसार अहिले नतिजा प्रशोधनसम्बन्धी कार्य धमाधम भइरहेको छ ।

Thuprai - Books and E-books