After SEE Portal

शिक्षामा १ खर्ब ६३ अर्ब ७६ करोड विनियोजन

Bridge Course

काठमाडौँ, जेठ १६ गते - सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा शिक्षाका लागि १ खर्ब ६३ अर्ब ७६ करोड रकम विनियोजन गरेको  छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् जसको १०.६४ प्रतिशत बजेट शिक्षाले पाएको हो । सरकारले २०७६ सालदेखि २०८५ सम्मलाई सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर अभिबृद्धिको दशकको रूपमा अगाडि बढाउने नयाँ घोषणा बजेटमार्फत गरेको छ । 

यसै गरि सरकारले विश्वविद्यालयका लागि १७ अर्ब ८४ करोड तथा मदनभण्डारी विज्ञान विश्वविद्यालयका लागि १ अर्ब १० करोड विनियोजन गरेको छ ।

शिक्षण सिकाई प्रभावकारी बनाउन आधारभूत तह सम्मका लागि रंगीन पाठ्यपुस्तक बनाउनका लागि २ अर्ब २१ करोड रुपैयाँ छुट्याइएको देखिन्छ । यस्तै दिवा खाजा उपलब्ध गराउन ५ अर्ब ९५ करोड विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताएका छन् ।

आगामी आर्थिक वर्षभित्र २ सय १२ स्थानीय तहका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अध्ययनका लागि २६ करोड रुपैयाँ छुट्याइएको छ ।

सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउन आवश्यक रकम उपलब्ध गराइनेसमेत बजेटमा उल्लेख छ ।

त्यस्तै गरि आगामी आर्थिक वर्षमा ८३ हजार युवालाई सीपमूलक तालिम दिन १ अर्ब ७२ करोड रुपैयाँ छुट्याइएको छ ।

A Levels MA
Thuprai - Books and E-books