A Levels MA

चिकित्सा शिक्षा आयोगको शैक्षिक क्यालेन्डर सार्वजनिक (यसरी हुन्छ परिक्षा )

चिकित्सा शिक्षा आयोगले शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आयोगले वार्षिक गतिविधीलाई आधार मान्दै क्यालेन्डर तयार पारेको हो । प्रवेश परीक्षाको सूचना देखि बार्षिक परीक्षाको नतिजा सार्वजनिक हुने समय समेटिएको बार्षिक शैक्षिक क्यालेन्डर निकालेको छ । यो संगै विद्यार्थीहरुलाई सहज हुने भएको छ ।  

क्यालेन्डरमा सर्टिफिकेट लेभल देखि डीएम र एमसीएच लेभल सम्मको तालिका छ । आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीका अनुसार क्यालेन्डरले विद्यार्थीहरुलाई सहजता प्रदान गर्नेछ । क्यालेन्डरको कार्यान्वयन पोष्टग्राजुएट्स (पीजी) तहको साझा प्रवेश परीक्षाको सूचनाबाट शुरु हुँदैछ ।

साझा प्रवेश परीक्षा परीक्षा भने क्यालेन्डर अनुसार जेठको दोस्रो साता हुनेछ । प्रवेश परीक्षाको नतिजा, भर्ना, कक्षा सञ्चालन, बार्षिक परीक्षा लगायतका विषय नयाँ क्यालेन्डर अनुसार सञ्चालन हुनेछन् । 

Thuprai - Books and E-books