After SEE Portal

संस्थागत विद्यालयको शुल्क पुनरावलोकन, कोचिङ सेन्टर नियमन गर्दै काठमाडौं महानगरपालिका

Bridge Course

 

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्र सञ्चालिन निजी विद्यालयहरूको शुल्कको पुनरावलोकन गर्ने भएको छ ।

महानगरले आज सार्वजनिक गरेको आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो नीति लिएको हो ।

महागरले आफ्नो नीति तथा कार्यक्रममा  ‘संस्थागत विद्यालयको  शुल्क पुनरावलोकन गरी वैज्ञानिक र मापदण्डमा आधारित वनाइनेछ ।’ भनिएको छ, ‘सामुदायिक र संस्थागत विद्यालयहरु विच गुणस्तर विकास र असल अभ्यासको आदान प्रदानको लागि साझेदारी गरिनेछ ।’

शैक्षिक परामर्श केन्द्र, कोचिङ्ग सेन्टर नियमन गरिने

लामो समयदेखि महानगरको शिक्षा नीति तथा शिक्षा नियमावली विपरीत विना अनुमतिसञ्चालन हुँदै आएका महानगर भित्रका शैक्षिक परामर्श केन्द्र, कोचिङ्ग सेन्टर, तालिम केन्द्र लगायतका संस्थाहरुको अभिलेखीकरण गरी नियमन गर्ने व्यवस्था  नीतिमा उल्लेख गरेको छ ।

विद्यालयको आन्तरिक आम्दानी महानगर शिक्षा कोषमा

आन्तरिक आम्दानी गर्ने सामुदायिक विद्यालयहरूको आम्दानीको निश्चित प्रतिशत महानगर शिक्षा कोषमा जम्मा हुने व्यवस्था मिलाई सो कोषबाट विपन्न, अनाथ तथा असहाय बालबालिकाको शिक्षाको प्रबन्ध गर्न आवश्यक व्यवस्था मिलाइने नीतिमा उल्लेख गरिएको छ ।

थप दुई विद्यालयमा प्राविधिक धार सञ्चालन गरिने

महानगर पालिकाले आगामी आर्थिक वर्षमा थप दुई विद्यालयमा प्राविधिक धार सञ्चालन गर्ने भएको छ । हाल ११ वटा सामुदायिक विद्यालयमा प्राविधिक विषयको कक्षासञ्चालन भइरहेको छ । 

महानगर शिक्षा सुधार योजना तर्जुमा

विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सम्बद्ध विज्ञहरू रहेको समिति गठन गरी महानगर शिक्षा सुधार योजना तर्जुमा  गर्ने नीति लिएको छ ।

विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा सिप

बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यवसायिक बनाउँदै लगिने नीतिमा उल्लेख गरिएको छ।

माध्यमिक शिक्षामा आधारभूत प्राविधिक ज्ञान र सिप सहितको शिक्षा प्रदान गरी विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा सिपमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार गर्ने नीतिमा भनिएको छ ।

 नेपाल भाषा

सबै विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकलाई प्रविधिमैत्री सिप विकास, शिक्षण कला, क्षमता विकास र असल अभ्यास शिक्षण सिकाई आदान प्रदानका कार्यक्रम संचालन ग गर्ने नीतिमा भनिएको छ । सामुदायिक विद्यालयहरुको विद्यालय परिसर सुधार कार्यक्रम संचालन गरिनेछ ।

दरबार हाईस्कुललाई राष्ट्रिय स्तरको नमुना विद्यालय

दरबार हाईस्कुललाई राष्ट्रिय स्तरको नमुना विद्यालयको रुपमा संचालन गर्न आवश्यक प्रबन्ध मिलाइने नीति लिएको छ ।

वडास्तरीय सामुदायिक सिकाई केन्द्रमार्फत अनौपचारिक शिक्षा र सिप विकास प्रवर्धन गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिएको छ ।

सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीको नियमित स्वास्थ्य जांच, प्राथमिक उपचार र स्वास्थ्य सचेतनाको लागि महानगरपालिका सहरी स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई परिचालन  गर्ने भएको छ ।

आवासीय संस्थागत विद्यालयमा कम्तीमा १ जना चिकित्सक र सम्भावित विपद जोखिम न्यूनीकरणका लागि अग्नी नियन्त्रण उपकरण जडान गर्न आवश्यक प्रबन्ध मिलाउने नीतिमा उल्लेख गरेको छ ।

A Levels MA