बिएन्डसीले सम्बन्धनका लागि दिएको निवेदन ७५ दिनपछि  दर्ता

झापास्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेजले सम्बन्धनका लागि दिएको निवेदन राष्ट्रिय चिकित्सा शिक्षा आयोगले दर्ता गरेको छ । कलेज सञ्चालक दुर्गा प्रसाईंले दिएको निवेदन आयोगले दर्ता गरेको हो ।

१५ मंसिरमा आवश्यक कागजात नपुगेको भन्दै फिर्ता भएको निवेदन अहिले आएर दर्ता भएको बताइएको छ । आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बिएन्डसीको निवेदन दर्ता गरिएको स्विकार गरे ।

दर्ता भएको निवेदन चिकित्सा शिक्षा ऐन अनुसार प्रक्रिया अगाडि बढाउने आयोगको तयारी छ । प्रसाइले आयोग उपाध्यक्ष डा.गीरीले २० करोड रुपैंया घुस मागेको आरोप लगाएका थिए ।

लगत्तै डा गिरीले प्रसाईंमाथि काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका थिए । तर, भक्तपुर प्रशासनले  प्रसाईंलाई साधारण तारेखमा रिहा गरीसकेको छ । 

Thuprai - Books and E-books