After SEE Portal

चिकित्सा शिक्षा आयोगको चेतावनी, अतिरिक्त शुल्क लिए कारबाही प्रकृया अघि बढाउँछौं

Bridge Course

चिकित्सा शिक्षा आयोगले तोकिएको शुल्क कार्यान्वयन गर्न पुनः सवै विश्वविद्यालयलाई पत्राचार गरेको छ ।

आयोगले त्रिभुवन विश्वविद्यालय सहित सबै विश्वविद्यालयहरुलाई अतिरिक्त शुल्क नलिन आग्रह गर्दै पुनः पत्राचार गरेको हो । आयोगका उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गीरीले अतिरिक्त शुल्क लिइए सैह्य नहुने भन्दै कारबाही प्रकृया अघि बढ्ने बताए ।

उनले भने,‘ सवै विश्वविद्यालयहरुलाई शुल्क कार्यान्वयनको अवस्थाका वारेमा आयोगलाई जानकारी गराउन भनेका छौं । यदि कसैले अतिरिक्त शुल्क लिइएको पाइए कारबाही प्रकृया अघि बढ्छ ।’ यद्यपी काठमाडौं विश्वविद्यालय अन्तर्गत  रहेका मेडिकल कलेजहरुले विद्यार्थीबाट विभिन्न शीर्षकमा अतिरिक्त शुल्क माग गरेको पाइएको छ ।

कलेजले अतिरिक्त शुल्क लिएको गुनासो अभिभावकले गरेका छन् । मेडिकल कलेजले होस्टेल फि, सेक्यूरेटी डिपोजिट र इन्टर्नसिप फि भनेर अभिभावकसंग शुल्क लिदैं आएको पाइएको छ । 

आयोगले एमबीबीएसतर्फ उपत्यकाभित्र ४० लाख २३ हजार दुइ सय ५० रुपैंया र उपत्यका वाहिर ४४ लाख ३६ हजार २५ रुपैंया निर्धारण गरेको छ । यस्तै विडिएसतर्फ उपत्यका भित्र र वाहिर समान शुल्क २० लाख १९ हजार पाँच सय ८० रुपैंया निर्धारण गरेको छ ।

 

A Levels MA
Thuprai - Books and E-books