After SEE Portal

विराट मेडिकल कलेजले पनि माग्यो अतिरिक्त शुल्क

Bridge Course

काठमाडौं विश्वविद्यालय अन्तर्गत रहेको विराट मेडिकल कलेजले विद्यार्थीवाट विभिन्न शिर्षकमा अतिरिक्त शुल्क माग गरेको पाइएको छ ।

कलेजले अतिरिक्त शुल्क लिएको गुनासो अभिभावकले गरेका छन् । चिकित्सा शिक्षाका अभियन्ता अनित सिन्हाका अनुसार सो कलेजले मनपरी शुल्क मागेको हो । मेडिकल कलेजले होस्टेल फि, सेक्यूरेटी डिपोजिट र इन्टर्नसिप फि भनेर अभिभावकसंग शुल्क लिदैं आएको पाइएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले काठमाडौँ उपत्यकाभित्र एमबीबीएसका लागि ४० लाख २३ हजार २५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रुपियाँ शुल्क तोकेको छ ।

यस्तै बीडीएसका लागि उपत्यकाभित्र र बाहिरका लागि समान २० लाख १९ हजार ५८० रुपियाँ शुल्क निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५–०७६ को मुद्रास्फितीको आधारमा आयोगले शैक्षिक शत्र २०७६–०७७ को शुल्क निर्धारण गरेको हो ।

यसैविच, चिकित्सा शिक्षा संघर्ष समितिले तत्काल अतिरक्त शुल्क लिने विद्यार्थीहरुलाई स्पष्टीकरण लिएर कारवाहि गर्न माग गरेको छ । समितिले अतिरक्त शुल्क लिने कलेजलाई कारवाहि नगरिए आन्दोलन गर्ने चेतावनी दिएको छ । 

A Levels MA
Thuprai - Books and E-books