After SEE Portal

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले गरेका काम सार्वजनिक

Bridge Course

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले पछिल्लो पाँच महिनामा आफूले गरेका कामहरुको विवरण सार्वजनिक गरेको छ ।

आयोगले पत्रकार सम्मेलनमार्फत् आफूले गरेका कामहरुको विवरण सार्वजनिक गरेको हो । ती कामहरुमा चिकित्सा शिक्षामा शुल्क निर्धारणलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ । आयोग स्थापना भएदेखि हालसम्म ४४ वटा बैठक बस्यो । बैठकले नीतिगत तथा कार्यगत निर्णय गरेको छ ।

आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लाई सहजरुपमा कार्यान्वयनका लागि चिकित्सा शिक्षा नियमावली मस्यौदा निर्माणको अन्तिम तयारीमा रहेको जनाएको छ । चिकित्सा शिक्षा नियमावली केही दिनमै सरकारलाई पेश  गर्ने जनाइएकाे  छ ।

सो मस्यौदा स्वीकृतिका लागि छिट्टै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गरिने आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले बताए ।

आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारणलाई पनि उपलब्धिका रुपमा समेटेको छ । नेपाल राष्ट्र बैँकको आर्थिक वर्ष २०७५।७६ को मूद्रास्फिति ४.५ प्रतिशतका दरले हुन आउने रकम कायम गरि शुल्क निर्धारण गरिएको आयोगले जनाएको छ । हाल उपत्यकाभित्र एमबिबिएसतर्फ ४० लाख २३ हजार २५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रुपैंया निर्धारण गरिएको छ । यस्तै उपत्यकाभित्र बिडिएसतर्फ २० लाख १९ हजार ५८० रुपैंया र उपत्यकाबाहिर पनि २० लाख १९ हजार ५८० रुपैंया कायम गरिएको छ । 

शैक्षिक क्यालेण्डर अन्तिम चरणमा शिक्षण संस्थाअनुसार फरक शैक्षिक क्यालेण्डर प्रयोग भइरहेकोमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार सबै शैक्षिक संस्थाहरुमा क्यालेण्डर एउटै प्रकृतिको बनाउने आयोगको तयारी छ । शैक्षिक कार्यक्रम र समयावधिमा एकरुपता कायम गर्ने उद्देश्यले विश्वविद्यालय र प्रतिष्ठानका अधिकारीहरुको सहभागितामा एकीकृत शैक्षिक क्यालेण्डर निर्माण कार्य तीब्ररुपमा अघि बढेको आयोगले जनाएको छ ।

मापदण्ड कार्यविधि र निर्देशिका बन्दै आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम तोकिएका कार्यहरु सम्पादन गर्न निर्देशनालय र बोर्डका लागि आवश्यक हुने कार्य प्रकृति अनुसारका मापदण्ड, कार्यविधि र निर्देशिका निर्माणका लागि जिम्मेवारी बाँडफाँट गरिएको आयोगले पत्रकारहरुलाई जानकारी गरायो । यस्तै, निर्देशनालय र बाेर्डका लागि आवश्यक हुने कार्य प्रकृतिअनुसारका मापदण्ड, कार्यविधि र निर्देशिका निर्माण गर्न बजेट तथा कार्यक्रम बाँडफाँट गरी निर्देशनालय र बाेर्डलाई जिम्मेवारी दिइएको बताइएको छ ।

A Levels MA
Thuprai - Books and E-books