Bachelors Portal

समाजको अध्यक्षमा शाक्य निर्वाचित

Managed Admission 2022

शिक्षा सेवा पूर्वकर्मचारी समाजको शनिबार सम्पन्न प्रथम साधारणसभाले नीरा शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. चन्द्रप्रसाद लुइँटेल, उपाध्यक्षमा गीता घिमिरे, महासचिवमा डिल्लीश्वर प्रधान, सचिवमा दामोदर भण्डारी र कोषध्यक्षमा योगेन्द्रप्रसाद बराल निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यमा लीलामणि पोखरेल, विष्णुप्रसाद अधिकारी, तुलसीप्रसाद आचार्य, गुणराज लुइटेल, सुरेश निरौला, ओमप्रसाद कटवाल, शङ्कर कार्की, चेतनाथ शर्मा र डम्बरध्वज आङदेम्बे निर्वाचित भएका छन् ।

नेपाल सरकारका पूर्वसचिव अर्जुनबहादुर भण्डारीले शिक्षा सेवा सबै सेवाका जनशक्ति उत्पादन गर्ने कार्यको नेतृत्वदायी सेवा हुँदाहुँदै पनि सङ्घीय प्रशासन व्यवस्थापन गर्ने सन्दर्भमा शिक्षा सेवा कमजोर हुने गरी पुनर्संरचना गर्नाले यसबाट भविष्यमा दूरगामी प्रभाव पर्ने कुरामा समयमै सचेत हुनुपर्ने बताए ।

२०२८ सालपछि शिक्षा सेवालाई केही हदसम्म प्राविधिक बनाउने कार्यको थालनी भएकामा २०४९ को शिक्षा आयोगको प्रतिवेदनपछि २०५० बाट शिक्षा सेवालाई प्राविधिक बनाउने कार्य भएको थियो । तर पछिल्लो समयमा शिक्षा सेवालाई करिब विघटन गरिँदा विद्यालय सुपरिवेक्षण ज्यादै कमजोर बन्न जाँदा विद्यालय शिक्षामा क्षति हुन गएको उनले भने । 

नेपाल सरकारका अर्का पूर्वसचिव जनार्दन नेपालले संस्था जन्माउन सहज भए पनि अपेक्षित रुपमा सव्रिmय बनाउन कठिन रहेको अनुभव राख्दै छिरलिएर रहेको लामो अनुभवलाई सिर्जनात्मक कार्यमा प्रयोग गर्न आवश्यक रहेको कुरामा जोड दिए ।

पूर्वसचिव लक्ष्मीराम पौडेलले निवृत्त सबैलाई एउटै थलोमा जमघट हुने चौतारी बनाएकामा धन्यवाद दिँदै यस संस्थामा आवद्ध अनुभवी जनशक्तिले सरकारलाई बौद्धिक रुपमा सघाउन सक्नुपर्ने विचार व्यक्त गरे ।

पूर्वसचिव डा. खगराज बरालले हाम्रा आफ्ना सीमा बुझेर धेरै महत्वाकांक्षी नहुन सुझाव दिए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले समाजसँग रहेको विज्ञतालाई प्रयोग गर्ने अवसर सिर्जना गर्न आव्हान गर्दै शिक्षा क्षेत्रको लामो ज्ञान, सीप र अनुभव मर्न नदिन यो समाज सक्रिय रहनुपर्ने कुरामा जोड दिए । 

Select college / campus