Bachelors Portal

एसइईको नतिजा भोलि

Managed Admission 2022

राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षाको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

उत्तरपुस्तिका रुजु गर्न कार्य आइतबार सकेको परीक्षा नियन्त्रण कार्यालयले अन्तिम टेबुलेसनको कार्य गरिरहेको छ । अङ्कमा मूल्याङ्कन गरिएकोलाई दुई वटा सफ्टवेयरले अक्षराङ्कनमा रुपान्तरण गर्ने गरेको छ । 

परीक्षा नियन्त्रण कार्यालयका उच्च सूत्रका अनुसार अहिले अन्तिम सफ्टवेयरले धमाधम काम गरिरहेको छ । 

“भोलि विहान डेमो गर्ने भनेका छौँ” सूत्रले भने, “डेमोमा सफल भइयो भने अपरान्ह नतिजा सार्वजनिक गर्नेछौँ । कहीँकतै त्रुटि देखिए पर्सी बिहीबार नतिजा सार्वजनिक हुनेछ ।” उनले तयार भइसकेको नतिजालाई एक दिन थप राखिराख्नु जरुरी नभएको उल्लेख गर्दै डेमो सफल भए नतिजा प्रकाशन गर्न अर्काे दिन प्रतीक्षा गरिरहनु नपर्ने बताए ।

पनिकाका अनुसार बोर्ड सदस्यहरुलाई नतिजा सार्वजनिक हुनसक्ने भन्दै भोलि अपरान्ह बोर्ड बैठकका लागि तयार रहन जानकारी दिइएको छ । विहानको डेमो सफल भएमा बोर्ड बैठकमा उपस्थित हुन भोलि विहान सदस्यहरुलाई जानकारी दिइनेछ ।

एसइईको नतिजा एडुसञ्जालमा पनि हेर्न सकिनेछ । छिटोभन्दा छिटो नतिजा सरोकारवालासम्म पुर्याउन एडुसञ्जालका दक्ष प्राविधिक जनशक्तिलाई तम्तयार अवस्थामा राखिएको छ । 

Select college / campus