Bachelors Portal

रात नपार्ने उद्देश्यले भोलि नतिजा

Managed Admission 2022

रात पर्ने भएकाले सबै तयारी पूरा भइसक्दा पनि राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षाको नतिजा आज सार्वजनिक गर्न चाहेन ।

नतिजा प्रकाशनका लागि आज विहान ‘डेमो’का लागि पदाधिकारी उपस्थित भएका थिए । पछि डेमोको समय अपराह्न १ बजेका लागि सारियो । पुनः अपराह्न २ बजेका लागि सारियो । परीक्षा नियन्त्रण कार्यालयले अपराह्न ३ बजेबाट डेमो सुरु गरेको थियो ।

डेमो सुरु गरेको कम्तीमा चार घण्टा नतिजा प्रकाशन गर्ने भनी निर्णय गर्न लाग्छ । सो निर्णय गरेको करिब दुई घण्टापछि मात्र वेबसाइटमा नतिजा उपलब्ध हुन्छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले सबै तयारी पूरा भइसकेको बताउँदै भने, “डेमो ढिला गरी सुरु भएकाले नतिजा सार्वजनिक गर्न रात पर्ने भएको हुँदा विद्यार्थीलाई रातको समयमा तनाव दिनु उपयुक्त लागेन । त्यसैले भोलि बिहीबार विहान नतिजा सार्वजनिक गर्ने भएका छौँ ।” उनका अनुसार भोलि विहान ८ बजे बोर्ड बैठक बस्नेछ ।

उनले बाँकी प्रक्रिया आजै सकिएको र औपचारिक निर्णयका लागि भोलि बोर्ड बैठक बस्ने जानकारी दिए ।

Select college / campus