Bachelors Portal

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन (नतिजा सहित)

चिकित्सा शिक्षा स्नातक तह एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको छ ।

चिकित्सा शिक्षा आयोगले गत शैक्षिक सत्र २०८१र०८२ मा चिकित्सा शिक्षा स्नातक तहमा भर्नाका लागि भदौ १ गते सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको भदौ १४ गतेको संयुक्त बैठकको निर्णयबाट योग्यताक्रमअनुसार नतिजा प्रकाशन गरिएको छ ।

नतिजा परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत  हेर्न सक्ने गरी व्यवस्था मिलाइएको आयोगले जनाएको छ । न्यूनतम शैक्षिक योग्यता हासिल नगरेका तथा उत्तरपुस्तिकमा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तरपुस्तिकाहरू रद्द गरिएको आयोगले जनाएको छ ।

नतिजा हेर्नुहोस्ः

Thuprai - Books and E-books