पोखरा विश्वविद्यालयले उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्मामाथि अमानवीय व्यवहार गर्नेमाथि कारवाहीको माग गरेको छ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्मालाई विद्यार्थीहरुको एउटा समूहले मंगलबार दिउसो ३ बजे काठमाडौँको चोभारको मञ्जुश्री पार्क नजिकै मोसो दलेको थियो ।
विश्वविद्यालयले यस्तो अमानवीय व्यवहारले सिंगो विश्वविद्यालय र शैक्षिक क्षेत्रको अपमान र मानमर्दन भएको ले जनाएको छ ।
यस घटनामा संलग्न व्यक्तिहरुको पहिचन गरि दोषी माथि कारबाही गर्न पनि विश्वविद्यालयले नेपाल सरकार समक्ष अनुरोध गरेको छ ।
पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघ (ओपेन)ले पनि यस घटनाको भत्सना गर्दै दोषी माथि कारबाहीको माग गरेको छ ।