शिक्षा मन्त्रालयले गर्यो सहसचिवहरुको जिम्मेवारी फेरवदल

काठमाडौँ । शिक्षा मन्त्रालयले सहसचिवहरुको जिम्मेवारी फेरवदल गरेको छ । सोमवार साँझ सहसचिवहरुको व्यापक सरुवा गरिएको भएपनि अझै सार्वजनिक गरेको छैन ।

मन्त्रालयका अनुसार शिक्षा मन्त्रालयमा कार्यरत वैकुण्ठ अर्याल शिक्षक सेवा आयोगमा सरुवा भएका छन भने कमलप्रसाद पोखरेललाई मन्त्रालयमा सरुवा गरिएको छ ।

           

केन्द्रिय आयोजना कार्यान्वयन इकाई(शिक्षा) सिएलपिआइयुका इमनारायण श्रेष्ठलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा र शिक्षा तथा मानव स्रोत विकास केन्दका चुडामणि पौडेललाई सिएलपिआइयुमा सरुवा गरिएको छ ।

यस्तै, इभेन्ट परियोजनाका केशव दाहाललाई शैक्षिक गुणस्तर परिक्षण केन्द्र र चिकित्सा शिक्षा आयोगका चन्द्रकान्त भुसाललाई इभेन्ट परियोजनामा सरुवा गरिएको छ ।  शिक्षा मन्त्रालयका हरि लम्साललाई चिकित्सा शिक्षा आयोगमा सरुवा गरिएको छ ।

 स्रोतका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रका दिपक शर्मालाई शिक्षा मन्त्रालय सरुवा गरिएको छ । यस्तै फेरवदल गर्ने क्रम चलिरहेको छ ।