चिकित्सा शिक्षा आयोग आर्थिक् वर्ष २०८१–८२ को संशोधित वार्षिक शैक्षिक क्यालेण्डर प्रकाशन गरेको छ ।
शैक्षिक सत्र २०८१–८२ मा चिकित्सा शिक्षा आयोगबाट सञ्चालन गरिने चिकित्सा शिक्षाका विभिन्न कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षा लगायत विद्यार्थी भर्नासम्बन्धी कार्यक्रमहरू समावेश गरी क्यालेण्डेर सार्वजनिक गरको हो ।
गत ११ गते प्रकाशित वार्षिक शैक्षिक क्यालेण्डरमा स्नातकोत्तर तह र DM / MCh कार्यक्रमको केही क्रियाकलाप सम्पादन गर्ने मिति फरक पर्न गएकोले आयोगको कार्यकारी समितिको १३ गतेको निर्णयानुसार संशोधन गरी पुनः सार्वजनिक गरेको छ ।