Bachelors Portal

नयाँ तीन ओटा प्रतिष्ठानबाट एमबीबीएसको कक्षा सञ्चालन गरिने (सिटसहित)

Managed Admission 2022

तीन ओटा प्रतिष्ठानले चिकित्सा शिक्षा  स्नातक तह (एमबीबीएस) का कक्षा चालु शैक्षिक सत्रदेखि सञ्चालन गर्न पाउने भएका छन् ।

चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कक्षा सञ्चालनका लागि ५०–५० सिट निर्धारण गरेसंगै उक्त प्रतिष्ठानबाट एमबीबीएसका कक्षा सञ्चालन हुने भएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एमबीबीएस पढाई सुरु हुन लागेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत दक्ष जनशक्ति उत्पादन गर्ने र नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले तीन सय शय्याभन्दा माथिका अस्पतालमा क्रमशः एमबीबीएसको पढाई शुरु गर्ने लक्ष्य लिएको छ ।

यस्तै आयोगले व्यवसायी दुर्गा प्रसाईँको बी एन्ड सी मेडिकल कलेजलाई पनि ५० जना विद्यार्थीलाई एमबीबीएस पढाउन पाउनेगरी कोटा दिएको छ । आयोगले गएको बिहिवार २५ वटा अस्पताल, मेडिकल कलेज तथा प्रतिष्ठानलाई २१ सय ४० जना विद्यार्थीको सिट निर्धारण गरेको छ । 

प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाउने छन् ।

चिकित्सा शिक्षा  स्नातक तह एमबीबीएसका सिट

Select college / campus