Bachelors Portal

अङ्क चढाउँदा सबैभन्दा बढी त्रुटि

Managed Admission 2022

उत्तरपुस्तिका परीक्षणका क्रममा सबैभन्दा बढी कमजोरी मार्कस्लिपमा अङ्क चढाउँदा र कम्प्युटरमा प्रविष्ट गर्दा त्रुटि भएको पाइएको छ । २०८० सालको एसइईको नतिजाप्रति चित्त नबुझी पुनर्याेगका लागि आवेदन दिएकाहरूको नतिजा आउने क्रम जारी छ । तीमध्ये केहीको नतिजा साविकभन्दा परिवर्तन भएको छ । यसो हुनुमा मार्कस्लिपमा अङ्क चढाउँदा र कम्प्युटरमा प्रविष्ट गर्दा बढी त्रुटि भएको पाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० मा २०८० सालको एसइईको नतिजालाई लिएर पुनर्याेगका लागि १८ हजार ६१२ निवेदन परेकोमा १८ हजार ९६ को नतिजा सार्वजनिक भइसकेको छ । बाँकी नतिजा सार्वजनिक हुने प्रक्रियामा छ ।

पनिकाका अनुसार तीमध्ये ८४३ विषयमा नतिजा परिवर्तन भएको छ । सो भनेको कुल आवेदनको ४.६ प्रतिशत हुन आउँछ ।

पनिकाले दिएको जानकारी अनुसार परिवर्तन भएको ४.६३ प्रतिशतको कारण पत्ता लगाइएको छ । परीक्षणमा त्रुटि ०.७० प्रतिशत, उत्तरपुस्तिका बाहिर अङ्क चढाउँदा त्रुटि भएको ०.९४ प्रतिशत, बाहिर अङ्क जोड्दा त्रुटि भएको ०.८७ प्रतिशत, मार्कस्लिपमा अङ्क चढाउँदा र कम्प्युटरमा प्रविष्ट गर्दा त्रुटि भएको १.१४ प्रतिशत, परीक्षण गर्दा र जोड्दा दुवैमा त्रुटि भएको ०.०४ प्रतिशत, उत्तरपुस्तिका बाहिर चढाउँदा र जोड्दा त्रुटि भएको ०.९२ प्रतिशत, जोड्दा र इन्ट्री गर्दा त्रुटि भएको ०.०१ प्रतिशत र परीक्षण गर्दा, अङ्क चढाउँदा र जोड्दा त्रुटि भएको ०.०१ प्रतिशत रहेको पाइएको छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यसमा सबैभन्दा बढी उत्तरपुस्तिका परीक्षककै त्रुटि देखिएको बताए । “उत्तरपुस्तिका परीक्षणमा हतार गरिएको छ” उनले भने ।

उनले यसपटक बढीको नतिजा परिवर्तन भएको भनी गलत प्रचार भएको दावी गरे । २०७९ सालको एसइईको नतिजाप्रति चित्त नबुझाइ पुनर्याेगका लागि तीन हजार ४५६ को आवेदन परेकोमा ९६४ अर्थात् आवेदनको २५ प्रतिशत र २०७८ सालमा ६४१ को आवेदन परेकोमा २९८ अर्थात् ४.९३ प्रतिशतको नतिजा परिवर्तन भएको थियो ।

Select college / campus