After SEE Portal

विद्यार्थी टिकाउन दिवा खाजा कार्यक्रम कार्यान्वयन गर्दै माडी नगरपालिका

Bridge Course

चितवनको माडी नगरपालिकाले विद्यालय छाड्ने बालबालिकाको संख्या वर्सेनि बढ्न थालेपछि सबै विद्यालयमा दिवा खाजा कार्याक्रम लागु गर्ने भएको छ ।

नगरपालिकाभित्र सञ्चालित शिशु कक्षादेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाले यो महिनादेखि लागु हुनेगरी उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । नगरपालिकामा ३२ सामुदायिक विद्यालयका ४ हजार ८९२ बालबालिका दिवा खाजाबाट लाभान्वित हुने नगरपालिकाले जानकारी दियो ।

नगरपालिकाले तयार गरेको सार्वजनिक विद्यालय सबलीकरणको मार्गचित्र–२०७६ को बुँदा न ९ अनुसार सो कार्यक्रम् लागु गरिएको हो । सो बुँदामा, ‘अभिभावकसंगको साझेदारीमा विद्यार्थीहरुलाई स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजा प्रबन्ध गरिने छ । आर्थिक रुपले विपन्न सिमान्तकृत र लोपउन्मुख बालबालिकालाई निशुल्क दिवा खाजाको व्यवस्था गरिने छ ।’ उल्लेख छ ।

सोही मार्गचित्रका आधारमा नगरपालिकाले विद्यालयमा दिवा खाजा कार्याक्रम कार्यान्वयनमा ल्याएको नगर शिक्षा शाखाका सरिता सापकोटाले बताइन् । संघीय तथा स्थानीय सरकार र अभिभावककै साझेदारीमा सबै विद्यालयमा दिवा खाजा कार्यक्रम लागु गरिसकिएको छ । अधिकांश विद्यालयले विद्यालयमा नै पारिवारिक वातावरणमा दिवा खाजा खुवाउन थालेको छ । ‘विद्यालयमा गरिब तथा विपन्न परिवारका बालबालिका हराउन थाले केही गरेपनि विद्यालयमा रोक्न सकिएन ।’ उनले भनिन्, ‘संघीय सरकारको अवधारणालाई आत्मसाथ गर्दै यो कार्यक्रम लागु गरेका हैं यसले विद्यार्थी टिकाउदरमा थोरै मात्र भए पनि परिवर्तन हुनेमा आशावादी छौं ।’

विशेषगरी आर्थिक रुपमा विपन्न परिवारका बालबालिका विद्यालयमा केही दिन देखा पर्ने र बिचैमा हराउने प्रवृत्ति वर्सैदेखि कायम रहेपछि यो कार्यक्रम लागु गरिएको हो । ‘एक विद्यार्थीलाई दैनिक रु. १५ का दरले विद्यालयमा बजेट पठाएर दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएका छौं ।’ उनले भनिन् , ‘विपन्न परिवारका विद्यार्थीले बिचैम विद्यालय छाड्न थालेपछि क्रम यो कार्यक्रम लागू गरिएको हो ।’

कोरोनाको संक्रमणले नगरपालिका भित्र नछोएका कारण गत मंसिरदेखि नै माडीका सबै विद्यालय भौतिक उपस्थितिमा सञ्चालनमा आएसकेका छन् । स्वास्थय सुरक्षाका सम्पूर्ण उपाय अपनाएर विद्यालय ३२ सामुदायिक र ६ वटै संस्थागत विद्यालय सञ्चालनमा ल्याइएको नगर प्रमुख ठाकुरप्रसाद ढकालले बताए ।

विद्यालयमा विद्यार्थीहरुबीच एकरूपता ल्याउनका लागि सबै विद्यार्थीलाई कार्यक्रममा समावेश गरिएको हो । विद्यालयलाई विद्यार्थीका लागि हप्तामा छ दिन फरक–फरक किसिमका खाजा खुवाउन नगरपालिकाले परिपत्र समेत गरेको छ ।

नगरपालिकाले सबै विद्यालयलाई साप्ताहिक रुपमा खाजासमेत तोकेर पठाएको छ । खाजामा लिटो, अण्डा, चना, खिर, भुजा–चनालगायतका खानेकुरा विद्यार्थीलाई प्रदान गरिने नगरपालिकाले जानकारी दियो । यो नगरपालिकामा वार्षिक २० –३० प्रतिशत बालबालिकाले विद्यालय छाड्ने गरेका छन् ।

शाखाको तथ्यांक अनुसार वार्षिक यसको संख्यामा वृद्धि हुँदै गएपछि रोक थामका लागि गत वर्ष सार्वजनिक शिक्षा सबलिकरणका मार्गचित्र तयार गरिएको प्रमुख ढकालले बताए ।

सरकारले सामुदायिक विद्यालयमा विद्यार्थीको नियमितता दरमा वृद्धि गराई सिकाइ उपलब्धिमा सुधार गर्न बालबालिका दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । आर्थिक वर्ष २०७६–०७७ मा सो कार्यक्रम ४३ जिल्लामा लागु गरेको छ । आर्थिक सर्वेक्षण २०७६–०७७ अनुसार सो कार्यक्रमबाट २२ लाख २९ हजार ३२४ लाभान्वित भएका छन् । नेपाल सरकारका अतिरिक्त विश्व खाद्य कार्यक्रमले देशका विभिन्न ९ जिल्लाका १ लाख ८० विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

A Levels MA
Thuprai - Books and E-books