पर्याप्त बजेट नभएपछि इटालीका शिक्षामन्त्रीद्वारा राजिनामा

रोम । आउँदो आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रमा रकम वृद्धि नभएपछि इटालीका शिक्षा मन्त्री लोरेन्जो फियरामन्तीले बिहिबार सांसद् समक्ष राजिनामा पेश गरेका छन् ।

फियरामन्तीको राजिनामासंगै इटालीको गठबन्धन सरकारलाई नयाँ तनाव देखिएको छ । शिक्षा मन्त्रीले शिक्षामा बजेट ३ अर्ब युरोले नबढाए आफुले सरकारबाट राजिनामा दिने चेतावनी दिँदै आएका थिए । ठुलो भ्याट वृद्धिबाट बच्न, आवश्यक संशाधनको जोहो गर्नसंघर्ष गरिरहेको गठबन्धन सरकारले नयाँ लक्ष्य सहितको बजेट ल्याउन सकेन ।

इटालीका शिक्षा मन्त्री लोरेन्जो फियरामन्ती / एपी फोटो
इटालीका शिक्षा मन्त्री लोरेन्जो फियारामन्ती / एपी फोटो 

"दशकैंदेखिको विद्यालय, विश्वविद्यालय तथा अनुसन्धानलाईदर्दनाक अवस्थामा पुर्याएको प्रवृत्तिलाई मूलधारमा फर्काउनेएकमात्र उद्देश्यका साथ मैले यो जिम्मेबारी लिएको थिएँ ।" फियरामन्तीले फेसबुक पोष्टमार्फत् उल्लेख गरे । "सरकारसंग दिर्घकालिन लगानीका क्षेत्रहरूमा पर्याप्त स्रोत लगानी गर्ने साहस छैन।" उनले भने । 

 

La sera del 23 dicembre, ho inviato al Presidente del Consiglio la lettera formale con cui rassegno le dimissioni da...

Posted by Lorenzo Fioramonti on Thursday, December 26, 2019

सन् २०१८मा प्रकाशित युरोपेली आयोगको प्रतिवेदनमा इटालीले शिक्षा तथा प्रशिक्षणमा अन्य युरोपेली राष्टहरूमा कम खर्च गर्न पाइएको थियो । जसकारण आउँदो दशकमा इटलीका लाखैं विद्यार्थीहरू पलायन हुन सक्ने समेत प्रतिवेदनले ओल्याँएको छ ।

(एजेन्सीको सहयोगमा)

Thuprai - Books and E-books