Bachelors Portal

वातावरण तथा हिउँ चितुवा संरक्षण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमा

Managed Admission 2022

ताप्लेजुङका केही पालिकाले वातावरण तथा हिउँ चितुवा संरक्षण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएका छन् ।

हिमाली संरक्षण मञ्चले रेड पाण्डा नेटवर्कको सहयोगमा विभिन्न पालिकाका १३ ओटा विद्यालयमा सो पाठ्यक्रम कार्यान्वयनमा ल्याएका हुन् ।

फुङलिङ नगरपालिकास्थित मयाम मावि फुरुम्बु, पाथीभरा याङवरक गाउँपालिकास्थित सिद्धिकुमारी आधारभूत विद्यालय सिरिङ्गे र फक्ताङलुङ गाउँपालिकास्थित सिँवा मावि र महेन्द्र आधारभूत विद्यालय लिङखिममा सो पाठ्यक्रम लागु गरिएको छ ।

आधारभूत तहका करिब  ७०० विद्यार्थी लाभान्वित हुने गरी सो विषयमा स्थानीय पाठ्यक्रम लागु गरिएको हिमाली संरक्षण मञ्चले जानकारी दियो ।

वातावरण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रममा दुर्लभ वन्यजन्तु रेडपाण्डा, यसको वासस्थान,संरक्षणका उपाय र स्थानीय समुदायको भूमिका समेत केन्द्रित गरी तयार भएको पाठ्यक्रम उपयोगमा ल्याएको छ।

मञ्चका अनुसार ७ वटा विद्यालयको कक्षा ६ र ७ मा वातावरण संरक्षण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रम प्रयोगमा ल्याइएको छ।

यस्तै सिरिजङ्गा गाउँपालिकास्थित लक्ष्मी मावि मामाङ्खे र कञ्चनजंघा मावि याम्फुदिन तथा फक्ताङलुङ गाउँपालिकास्थित सरस्वती च्यारिवुक मावि लेलेप रहेका छन्। वातावरण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रमबाट ३ सय १० जना विद्यार्थी लाभान्वित हुने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक राईले जानकारी दिए।

यस्तै कक्षा ६,७ र ८ का ३ सय ४१ जना विद्यार्थी लाभान्वित हुने गरी ६ वटा विद्यालयमा हिउँचितुवा संरक्षण सन्देश झल्काउने पाठ्यपुस्तक प्रयोगमा आएको छ। राईका अनुसार फक्ताङलुङ गाउँपालिकाको वडा नं १ स्थित रविकला मावि सावादिन,वडा नं ५ स्थित सरस्वती मावि तापेथोक र वडा नं ६ लेलेपस्थित ग्याब्ला आधारभूत विद्यालय घुन्सामा हिउँचितुवा संरक्षण सम्बन्धी स्थानीय पाठ्यक्रम प्रयोगमा रहेको छ।

सिरिजङ्गा गाउँपालिकाको सरस्वती मावि सिकैचा र मिक्वाखोला गाउँपालिकाको वडा नं ४ साँवास्थित साँवा मावि र वडा नं ५ पापुङको बाल्देन माविमा हिउँचितुवा संरक्षण स्थानीय पाठ्यक्रमको पढाई हुने गरेको छ । रेडपाण्डा र हिउँचितुवा दुबै दुर्लभ वन्यजन्तु हुन्। यिनीहरूको संरक्षणका साथै वातावरणको सन्तुलनको सचेतनामूलक प्रयास विद्यालयतहबाटै जागृत गर्न यस सम्बन्धी स्थानीय पाठ्यक्रम बनाई कार्यान्वयनमा नियमित गरिएको हिमाली संरक्षण मञ्चले जनाएको छ। 

Select college / campus