CMAT

नेपाल संस्कृत विश्वविद्यालयको सम्पत्ति खोजविन गर्न समिति गठन

Bachelors Portal

नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको सम्पत्ति खोजविन गर्न समिति गठन भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । 

उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

१) चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा Inland Clearance Depot (ICD)/Integrated Chek post (ICP) र अरनिको राजमार्गकोMaintenance and Slope Stabilization (चौथो चरण) निर्माणका लागि संभाव्यता अध्ययन गर्न प्राप्त भएका Letter of Exchange (LoE)हरुमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी प्रदान गर्ने ।

२) आर्थिक वर्ष २०८१\८२ को लागि मोटा धानको प्रति क्विन्टल रु. ३४१०\५१ र मध्यम धानको प्रति क्विन्टल रु. ३५८०\६२ न्यूनतम समर्थन मूल्य तोक्ने । 

३) नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानविन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने ।

Thuprai - Books and E-books
I Tech store