After SEE Portal

चिकित्सा शिक्षा स्नातकोत्तर तहको  प्रवेश परीक्षाको आवेदन फारम भर्ने म्याद थप

Bridge Course

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) को एकीकृत प्रवेश परीक्षाको फारम भर्ने म्याद थप गरेको छ ।

आयोगले सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन गरी अनलाइन आवेदन फारम भर्ने म्याद थप गरेको हो ।  

आवेदन फारम भर्ने मिति  बढाएर मंसिर ९ गते अपरान्ह ४ बजेसम्मका लागि थप गरिएको  आयोगले जानकारी दियो । यसअघि आयोगले स्नातकोत्तर तहको भर्नाका लागि लिने एकीकृत प्रवेश परीक्षाको आवेदन फारम भर्ने मिति भोलिसम्म  तय गरेको थियो । 

आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा आगामी मंसिर १०, ११ र १२ गते हुने समयवधि निर्धारण गरेको थियो । हाल स्थगन भएको परीक्षाको तालिका मंसिरको दोस्रो साता प्रकाशन हुने आयोगले जारी गरेको सूचनामा  उल्लेख गरिएको छ ।

A Levels MA