After SEE Portal

खुला विश्वविद्यालयको उपकुलपतिमा डा. बज्राचार्य

Bridge Course

ठिक आठ महिनामा नेपाल खुला विश्वविद्यालयले उपकुलपति प्राप्त गरेको छ । 

आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रा.डा. शिलु बज्राचार्य मानन्धरलाई नियुक्त गरेको छ ।

यसअघिका उपकुलपति प्रा.डा. लेखनाथ शर्माको कार्यकाल गत जेठ १८ गते सकिएपछि विश्वविद्यालय उपकुलपतिविहीन बनेको थियो । अघिल्लो सरकारले उपकुलपति नियुक्तिका लागि डा. बज्राचार्य, प्रा.डा. मनप्रसाद वाग्ले र प्रा.डा. इन्द्र कार्कीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मानन्धरलाई नियुक्त गरिएको हो ।

डा. बज्राचार्य सोही विश्वविद्यालयकाे व्यवस्थापन संकायका पूर्वडिन हुन् ।

 

A Levels MA
Thuprai - Books and E-books