After SEE Portal

वैदेशिक अध्ययन तथा तालिम छात्रवृत्तिका आवेदन माग

Bridge Course

स्विस सरकारले निजामती कर्मचारीलाई उच्च शिक्षा अध्ययनका लागि प्रदान गर्दै आएको छात्रवृत्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका कर्मचारीलाई आवेदन दिन सूचित गरेको छ ।

मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवद्धन शाखाले वैदेशिक अध्ययन तथा तालिम छात्रवृत्तिका लागि देशैभरका इच्छुक निजामती कर्मचारीलाई आवेदन दिन अनुरोध गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चन ३६, २०७८ साउन २९ को पत्रानुसार सबै निकायलाई खुला गरेको छ ।

स्विस सरकारले विभिन्न शीर्षकमा प्रदान गर्ने उत्कृष्ट छात्रवृत्तिका लागि मन्त्रालयले निर्धारित आधारहरु पुरा गरी आवेदन दिन आज एक सूचना जारी गरेको छ ।

स्विस सरकारले पीएचडी र एमफिललका लाथि उत्कृष्टता छात्रवृत्ति प्रदान गर्दै आएको छ मन्त्रालय र अन्तर्गत कार्यरत इच्छुक निजामती कर्मचारीहरुले आगामी असोज ३१ गते सम्म मन्त्रालयको (कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखा) मा निवेदन पेश गर्न सूचित गरेको हो ।

विस्तृत विवरणका लागि यहाँ जानुहोस्ः

A Levels MA