A Levels MA

दिनदिनै कुरुक्षेत्र बन्दै विश्वविद्यालय, मूकदर्शक राजनीतिक दल (साप्ताहिक शैक्षिक गतिविधि भदौ ४–१०)

गत असार २७ गते देखि नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन सङ्कायका डीन एवं केन्द्रीय लेखा र कर्मचारी प्रशासन महाशाखामा लगाएको ताला अझै खुलेको छैन । कहिले खुल्छ यसको अनुमानसम्म लगाउन सकिने अवस्था नरहेको सरोकारवालाहरू बताउछन् । केही समय अगाडि लागेको ताला १४०–४५ दिनपछि नेविसंघले खोलेको ताला एक महिना नबित्दै पुनः लगायो ।

ताला मात्र लगाउने होइन यो हप्ता उपकुलपतिको कुर्सीमा विद्यार्थीले जुत्ताको माला लगाउनुका साथै कार्यकक्षमा अभद्र व्यवहार गर्यो । त्रिविमा नेविसंघले हस्तक्षेपपूर्ण व्यवहार गर्दै आएको छ । शैक्षिक र प्रशासनिक पारदर्शिताको नाममा नेविसंघ त्रिविमा राजनीति गरिरहेको छ । उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेक छन्। साथै उनीहरुले उपकुलपति बाँस्कोटाको कुर्सीमा जुत्ताको मालासमेत लगाएका छन्।‘त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यकक्ष नेविसंघ त्रिविको नियन्त्रणमा’ भन्दै नेविसंघ कार्यकर्ताले धर्ना दिएका हुन्।

नेविसंघको संरक्षक तथा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा त्रिविमा नेविसंघको नांगो नाच टुलुटुलु हेरेर बसिरहेका छन् । योगेन्द्र रावल र हरि आचार्य समूहले त्रिविको उपकुलपति कार्यालयमा तोडफोड समेत गर्यो ।

नेविसंघले नै हिजो त्रिवि कार्यकारी परिषद्को होटल यल्लो पेगोडा बैठकको सम्पूर्ण कागजात नियन्त्रणमा लिएको जनाएको छ । नेविसंघ कहिले उपकुलपति कार्यक्षक नियन्त्रण गरेको भन्दै कुर्सीमा नै जुत्ताको माला लगायो । त्रिवि पदाधिकारी नेविसंघको आक्रमण स्थलबाट मुख लुकाएर भाग्न बाध्य छन् ।

त्रिवि पदाधिकारीलाई  पनि गरिसन्चो भने छैन् । कुनै एउटा क्याम्पस प्रमुख नियुक्ति गर्दा विभिन्न १० भन्दा बढी नेताको  मानसिक दवाव सहनु पर्ने अवस्था जीवितै छ । विश्वविद्यालय स्वायत्त  हुन नसक्ुन्जेल यी समस्या रही रहेन विज्ञहरू बताउँछन् । विगत दुई दशकदेखि एउटै विद्यार्थीले विश्वविद्यालयमा नाराबाजी र तालाबन्दीको नेतृत्व  गर्दै आएको छ ।  दलको स्वार्थका कारण एउटा विद्यार्थी १०–१५ वर्ष  सम्म विश्वविद्यालयमा विभिन्न बहानामा रहन्छ उसैले तालाबन्दी लगायतको तोडफोडको नेतृत्व गर्छ । उसको मातृ पार्टी थपडी बजाएर त्रिविको ध्वासांत्मक अवस्था हेरिरहन्छ ।

दवादबाट नियुक्त भएर गएका म्पस प्रमुखहरूले  पनि क्याम्पस  पुग्दा शैक्षिक वातावरण होइन कुरुक्षेत्रमा पुगेको जस्तो अनुभव हुन थालेको सुनाउँछन् । नियुक्ति पछि क्याम्पस नपुग्दै प्रमुखका नाममा विभिन्न दलले चन्दा, आफ्ना कार्यकर्तालाई करारमा नियुक्ति लगायतका यावत दवाव आउने गरेको बताउँछन्  । दवावमा काम गरेन भने भौतिक आक्रमण हुने डर दिउँ भने शैक्षिक क्षेत्र ध्वस्त् हुने डरले आक्रान्त बन्नु परेको दुखेसो क्याम्पस प्रमुखको छ ।

त्रिविमा उत्पन्न समस्या समाधानका लागि कुलपतिले  चासो देखाएका छैनन् । समस्या समाधान गर्नुभन्दा आफ्ना कार्यकर्ता लगाएर त्रिविलाई थप अस्तव्यस्त पार्ने तर्फ उद्दत्त देखिन्छन् कुलपति । त्रिविका कुलपति उत्पन्न समस्यालाई सिरानीमा हालेर त्रिविलाई ‘सेन्टर फर एक्सलेन्स’भन्ने नारालाई कहिले काहिँ सम्झँदै निन्द्रामा सुतिरहेका छन् । त्रिविको समस्या वर्सैदेखि जिउँदै छ ।

त्रिवि पनि समस्याबाट भने अछुतो छैन । त्रिविले परीक्षा सञ्चालन तथा प्रशासनिक कार्यमा पारदर्शिता अवलम्बन गर्न सकेको छैन । प्रश्नपत्रमा लापरबाही, नतिजा प्रकाशनमा ढिला सुस्ती गरिरहेको छ । त्रिविले पनि सुधार गर्नुपर्ने पक्षमा सुधार गर्न सकेको छैन । त्रिविले प्रश्नपत्रमा लापरबाही गर्ने प्रश्नपत्र निर्माणकर्तालाई कसरी कारबाही गर्यो सो समेत सार्वजनिक गर्न सकेको छैन ।

त्रिवि जस्तै पोखरा विश्वविद्यालयमा पनि भदौ ८ गते पदाधिकारी कार्यकक्षमा ताला लगाएको छ । नेविसंघले नै उपकुलपतिको कार्यालय, रजिष्टारको कार्यालय र योजना तथा कार्यक्रम महाशाखामा ताला लगाएका छन् । विश्वविद्यालयले २४ घण्टो अल्टिमेटम दिए पनि ताला खुलेको छैन ।

विभिन्न विश्वविद्यालयमा शैक्षिक मामिलासँग सम्बन्धित–असम्बन्धित माग राख्दै विश्वविद्यालयमा ताला लगाउने, खोल्ने, फेरि लगाउने सिलसिला रोकिएको छैन । तालाबन्दीको चक्रले सबैभन्दा बढी मारमा विद्यार्थी नै न् । तर विद्यार्थीले नै आफ्नो मातृ पार्टीको निर्देशनमा, गुटको निर्देशन विश्वविद्यालयहरू नै अस्तव्यस्त पार्ने गरी, शैक्षिक प्रणाली नै बिग्रने गरी तालाबन्दी गरिरहेका छन् । सत्ता साझेदार दल सम्बद्ध विद्यार्थीले नै विश्वविद्यालयमा ताला लगाउँदा मुलुको सत्ताको बागडोर हातमा लिएर बसेका राजनैतिक दलहरू मूकदर्शक बनेर मुलुकका उच्च शिक्षा अस्तव्यस्त बनिरहेका छन् ।

श्वविद्यालयमा राजनीतिक दलको आडमा तालाबन्दी, नाराजुलुस हुँदै आएको बताउँदै विपक्षदलसहित मिलेर विश्वविद्यालय सुधार्न सकिने धारणा राखे।

मेयरले भन्दैमा दल किन त्याग्ने ?

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले यो हप्ता  महानगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न उर्दी जारी गरे । सामाजिक सञ्जाल मार्फत आएको उनको उर्दी नमान्ने शिक्षकहरूले प्रतिक्रिया दिएका छन् ।

दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भ्रातृ संस्था वा शुभेच्छुक संस्थालाई मेयर शाहले अपिल गरेपछि शिक्षक नेताले यस्तो प्रतिक्रिया दएको हुन् ।

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले बालेन आफैँ कुनै दलमा आबद्ध नभएकाले यस्तो अभिव्यक्ति दिनु स्वाभाविक भएको  प्रतिक्रिया दिए पनि काठमाडौं माहानगरमा नै कार्यरत शिक्षकले भने दलको कार्यकर्ता बनेर झण्डा बोक्नु राम्रो होएइन तर लोकतन्त्रमा राजनैतिक आस्था नै राख्न नपाइने भन्नु चाहिँ निरञ्कुसता भएको प्रतिक्रिया दिए । 

विद्यालय कर्मचारी निरन्तर आन्दोलनमा

विद्यालय कर्मचारी परिषद्ले भदौ १ गते  शिक्षा तथा मानव स्रोत केन्द्रमा धर्र्ना दिएर सुरु गरेको आन्दोलन निरन्तर चलिरहेका छन् । भदौ गतेदेखि सुरु भएको आन्दोलन अहिले डिजिटलमा पुगेको छ ।

दुई गते केन्द्रको मुलगेटमा ताला लगाए पनि पाँच मिनेट नपुग्दै ताला खोलिएको थियो । दिएर सुरु भएको परिषद्को आन्दोलन केही दिन यता माइतीघर मण्डलमा धर्ना दिन पुगेको परिषद् विद्यालय बन्द गर्ने निर्णयमा पुगेको हो ।

परिषद्ले आठ गते सम्म माइतीघर मण्डलामा धर्ना दिने, ९ गते खुला  मञ्चदेखि माइतीघर सम्म विरोध र्याली आयोजना गर्ने, १० र ११ गते डिजिटल आन्दोलन गर्ने, १२ गते देखि १८ गते सम्म देशैभरका सामुदायिक विद्यालय बन्द गर्ने, १९ गते काठमाडौंमा बृहत प्रर्दशन गर्ने कार्यक्रम तय गरेको छ ।

शिक्षक सेवा आयोगले  असोज कार्तिकमा  खुला शिक्षक छनोटको विज्ञापन गर्ने गरी वार्षिक कार्यतालिका २०७९–०८० सार्वजनिक गरेको छ । आयोगले २०७९–०८० का लागि नयाँ वार्षिक कार्यतालिका सार्वजनिक गर्दै खुला तर्फ माविको असोज कार्तिक, निमावि र प्राविको खुलाको विज्ञापन कार्तिक मंसिरमा  गने तालिकामा  उल्लेख गरिएको छ ।

 काठमाडौं माहानगरपालिकाको शिक्षा विभागले विभिन्न सञ्चार माध्यमसंग कुरा गर्दा आगामी वर्ष कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने उद्घोष गरे । तर विडम्बना ! काठमाडौं महानगरपालिकाले २०७८ फागुन देखि आफ्नो मातहतका कुनै पनि विद्यालयलाई दिवा खाजा बापतको संघीय सरकारले प्रदान गरेको पैसा दिएको छैन । पैसा नभएर अहिले अधिकांश विद्यालयले कक्षा ६ का विद्यार्थीलाई दिवा खाजा खुवाउन सकेका छैनन् । दिवा खाजा  काठमाडौ जिल्लाकै अन्य पालिकाका कक्षा ६ सम्मका विद्यार्थी दिवा खाजा खान पाउँदा काठमाडौं महानगरपालिका विद्यालयले भने धौंले कक्षा ५ सम्म दिवा खाजा खुवाइ रहेका छन् ।

Thuprai - Books and E-books