विद्यालयको रिन बढ्यो, महानगरले दिएन पैसा

चालु आर्थिक वर्ष सुरु हुन लाग्दा काठमाडौं माहानगरपालिकाको शिक्षा विभागले विभिन्न सञ्चार माध्यमसंग कुरा गर्दा आगामी वर्ष कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने उद्घोष गरे । तर विडम्बना ! काठमाडौं महानगरपालिकाले २०७८ फागुन देखि आफ्नो मातहतका कुनै पनि विद्यालयलाई दिवा खाजा बापतको संघीय सरकारले प्रदान गरेको पैसा दिएको छैन । पैसा नभएर अहिले अधिकांश विद्यालयले कक्षा ६ का विद्यार्थीलाई दिवा खाजा खुवाउन सकेका छैनन् । दिवा खाजा  काठमाडौ जिल्लाकै अन्य पालिकाका कक्षा ६ सम्मका विद्यार्थी दिवा खाजा खान पाउँदा काठमाडौं महानगरपालिका विद्यालयले भने धौंले कक्षा ५ सम्म दिवा खाजा खुवाइ रहेका छन् ।

महानगरले पैसा नदिँदा अधिकांश विद्यालयले कक्षा ६ का विद्यार्थीलाई दिवा खाजा खुवाउन सकेका छैनन् । अभिभावकले किन खाजा नदिएको भनेर विद्यालयमा गुनासो गर्न थालेको विद्यालयको दुखेसो छ ।

महानगरपालिकाले दिवा खाजा मात्र होइन पाठ्यपुस्तकको पनि २५ प्रतिशत पैसा दिएको छैन । सरकारले २०७६ बाट सुरु गरेको सेनिटरी प्याड पनि महानगरका विद्यालयले पाएका छैनन् । सबै श्रीर्षकका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पालिकामार्फत निकासा गरे पनि पालिकाको वेवास्ताका कारण यो सुविधा लिनबाट विद्यार्थी चुक्ने हुन् कि ? केन्द्र सरकारले दिएको पैसा विचैमा रोकिनु, बारम्बार विद्यालयका प्रतिनिधि महानगरमा डेलिगेसन जानु पर्ने अवस्थाले विधिको शासन भएको देशको व्यवस्था प्रति नै प्रश्न उठेको ? अनावश्यक अवारोध गरेर विद्यालयलाई स्वतः स्फुर्त तरिकाले चल्न नदिनेमा शंका उब्जिएको प्रधानाध्यापकहरू बताउन थालेका छन् ।

प्रधानाध्यापकहरूले भदौ १ गते महानगरमा धर्नामा गएका थिए । महानगरपालिका प्रमुख, उपप्रमुख विच भएको छलफलमा सात दिन भित्र यो समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको भए पनि आज सम्म महानगरले आवश्यक प्रक्रिया सुरु गरेकै छैन ।

महानगरपालिकाका प्रशासकीय अधिकृतले हिजो मात्र भदौ मसान्तभित्र सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेँलले बताए । ‘हाम्रो विद्यालयको दिवा खाजा बापत ११ लाख, पाठ्यपुस्तकको ४ हजार विद्यार्थीको २५ प्रतिशत र नमुना विद्यालयका लागि आएको ३२ लाख रुपियाँ महानगरपालिकाले दिन बाँकी छ ।’ उनले भने, ‘विद्यालयले सञ्चालन गरेको कयान्टिनमा ११ लाख रुपियाँ विद्यालयले दिन बाँकी छ, क्यान्टिन चल्न नसक्ने भएपछि विद्यालयले रिन गरेर ५ लाख ५० हजार जति क्यान्टिनलाई दियो बाँकी दिन नै धौं धौं परेको छ, दिवा खाजको मात्र मासिक १ लाख ५० हजार विद्यालयलाई रिन थपिएको छ, महानगरले कहिले निकासा गर्छ थाहा छैन ।’

महिनावारीकै कारण विद्यालय छाड्ने समस्या न्यूनीकरण गर्न संघीय सरकारले २०७६ सालदेखि लागु गरेको सेनीटरी प्याड महानगरका विद्यालयले एक वर्ष मात्र सरकारको अनुदानमा छात्रालाई प्रदान गर्यो । पहिलो वर्ष विद्यालयको खातामा सिधै पैसा आए पछि गुणस्तरीय प्याड वितरण गरेको भए पनि अर्को वर्ष महानगरले टेण्डर खोलरे व्यापारी मार्फत प्याड खरिद गर्दा गुणस्तर विहीन प्याड विद्यार्थी सम्म पुगेपछि सर्वोच्च अदालतमा मुद्दा पर्यो । मुद्दा विचारधिन अवस्थामा छ । महानगरले विद्यार्थीलाई २०७७ सालदेखि प्याड दिएकै छैन । सरकारले दिएको पैसा आउँछ भन्दै विद्यार्थीलाई प्याड वितरण गर्दै आएका विद्यालयले आफ्नो रिनको आकार बढ्दै गएको यसको निकास ननिस्कएपछि चिन्ता व्यक्त गर्न थालेका छन् ।

महानगरभित्र ९२ वटा सामुदायिक विद्यालय छन् । महानगरले यी सबै विद्यालयलाई दिवा खाजा बापतको फागुन देखिको पूरा पैसा दिएको छैन । संघीय सरकारले गत आर्थिक वर्षसम्म दिवा खाज कार्यक्रमका लागि ५ कक्षा सम्मका विद्यार्थीलाई प्रतिविद्यार्थी दैनिक १५ रूपियाँका दरले पैसा उपलब्ध गराउँदै आएको थियो ।

Thuprai - Books and E-books