CMAT

औद्योगिक प्रशिक्षार्थी (Apprenticeship) तालिम कार्यक्रमका लागि आवेदन फाराम भर्ने सम्बन्धी सूचना: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना-दोस्रो (EVENT-II) बाट निःशुल्क सञ्चालन गरिने प्राविधिक एस.एल.सी. तहको २४ महिना अवधिको औद्योगिक प्रशिक्षार्थी (Apprenticeship) तालिम देहायबमोजिमका शैक्षिक कार्यक्रम तथा कोटाहरूमा निम्न सर्तहरूको अधिनमा रही शैक्षिक सत्र २०७६/०७७ मा भर्नाका लागि परिषद् कार्यालयवाट औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम सञ्चालन अनुमति प्राप्त देहायका आङ्गिक तथा टेक्स (TECS) सामुदायिक विद्यालयहरूमा प्रवेश परीक्षाबाट प्रशिक्षार्थी छनोट गरी भर्ना गर्नका लागि तपसिलवमोजिम योग्यता पुगेका व्यक्तिहरूबाट आवेदन फाराम भर्न भराउनु हुन सम्बन्धित शिक्षण संस्था एवं सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। 

तपसिलः 

१. आवश्यक शैक्षिक योग्यता

क. अक्षराङ्कन पद्धति लागू हुनु पूर्वका प्रवेशिका परीक्षाको हकमा एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण ।

ख. अक्षराङ्कन पद्धतिको नतिजाको हकमा मान्यता प्राप्त शिक्षण संस्थावाट प्रवेशिका परीक्षा वा SEE परीक्षामा न्यूनतम E ग्रेड प्राप्त । 

२. परीक्षार्थी छनोटको आधारः 

क) आवेदकहरूको अन्तिम छनोट प्रवेश परीक्षा (लिखित र अन्तर्वार्ता) बाट हुनेछ । दुबै परीक्षाको अङ्कभार क्रमश ५०/५० हुनेछ । प्रवेश परीक्षाको उत्तिर्णाङ्कका लागि लिखित र अन्तर्वार्ताको प्राप्ताङ्क ४० अङ्क हुनु पर्नेछ तर भर्ना योग्यताक्रमको आधारमा तोकिएको कोटा संख्यामा गरिनेछ। 

ख) छनोटका लागि लिइने लिखित परीक्षा परिषद्, परीक्षा नियन्त्रण कार्यालयबाट कक्षा १० को विज्ञान, अंग्रेजी र गणित विषयलाई आधार मानी तयार गरिएको प्रश्नपत्रवाट हुनेछ भने उद्योग/व्यवसाय, प.नि.का. र तालिम प्रदायक संस्थाका प्रतिनिधिहरूको सहभागितामा अन्तर्वार्ता हुनेछ। 

ग) अन्तिम छनोटमा परेका उम्मेदवारहरूलाई सार्वजनिक सूचनाद्वारा भर्नाका लागि आह्वान गरिनेछ । मूख्य उम्मेदवारबाट भर्ना पूरा नभएमा वैकल्पिक मध्येबाट योग्यताक्रमको आधारमा भर्ना गरिनेछ। 

घ) प्राप्ताङ्क बराबर भएका आवेदकहरूको हकमा SLC/SEE परीक्षाको प्राप्ताङ्कको आधार लिइनेछ र सो पनि बराबर भएमा SLC/SEE परीक्षाका क्रमशः अनिवार्य गणित, विज्ञान र अंग्रेजीको नतिजाको आधारमा योग्यताक्रम निर्धारण गरिनेछ। 

ङ) औद्योगिक प्रशिक्षार्थी (Apprenticeship) तालिमका लागि नेपाल सरकारको प्रवेशिका परीक्षा SEE परीक्षाको पाठ्यक्रमको आधारमा अनिवार्य अंग्रेजी-१८, गणित-१८, विज्ञान-१४ अङ्क गरी जम्मा ५० पूर्णाङ्कको लिखित तर्फको वस्तुगत बहु उत्तर प्रणालीको प्रवेश परीक्षा हुनेछ। 

३. शैक्षिक सत्र २०७६/०७७ का लागि परिषद कार्यालयबाट औद्योगिक प्रशिक्षार्थी (Apprenticeship) तालिम सञ्चालन अनुमति पाएका शिक्षण संस्थाहरूको नाम, ठेगाना र कार्यक्रमहरुको विवरणः 

क्र.सं. शिक्षण संस्थाको नाम र ठेगानाऔद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम कोटा संख्या शिक्षण संस्थाको प्रकार 
१. श्री रणविर जनहित माध्यमिक विद्यालय, वालिङ, स्याङ्जा १. ईलेक्ट्रिकल ईन्जिनियरीङ्ग (एप्रेन्टिसिप)   २० TECS सामुदायिक
२.  श्री भेरी प्राविधिक शिक्षालय, नेपालगञ्ज, बाँके  १. मेकानिकल ईन्जिनियरीङ्ग (एप्रेन्टिसिप) २०  आङ्गिक
 ३. श्री राष्ट्रिय माध्यमिक विद्यालय, चन्द्रौटा, कपिलवस्तु  १. ईन्फरमेसन टेक्नोलोजी (एप्रेन्टिसिप)  २०  TECS सामुदायिक
४. श्री शान्ति नमुना माध्यमिक विद्यालय, तिलोत्तमा, रूपन्देही १. मेकानिकल ईन्जिनियरीङ्ग (एप्रेन्टिसिप)  ४० TECS सामुदायिक

४. आवेदन फारामसाथ पेस गर्नुपर्ने आवश्यक कागजातहरु

१) स्पष्ट मुखाकृती देखिने हालसालै खिचिएको पासपोर्ट साईजको ३ प्रति रंगीन फोटो, 

२) SLC/SEE वा सो सरहको शैक्षिक योग्यता प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि, 

३) नेपाल बाहेक अन्य मुलुकबाट SLC/SEE वा सो सरहको परीक्षा उत्तीर्ण गर्नेको हकमा नेपाल सरकारले तोकेका निकायद्वारा समकक्षता निर्धारण गरिएको प्रमाणित प्रतिलिपि, 

४) नेपाली नागरिकता प्रमाणपत्र वा जन्म दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि । 

५. प्रवेश परीक्षा सम्बन्धी कार्यक्रम

क. आवेदन फाराम वितरण गर्ने मिति : २०७६ साउन ३० गतेदेखि । 

ख. आवेदन फाराम पाउने र बुझाउने स्थान : सम्बन्धित संस्थाहरू/परिषद्को वेवसाइट www.ctevt.org.np बाट डाउनलोड गरी फाराम भर्न सकिनेछ। 

ग. आवेदन फाराम बुझाउने अन्तिम मिति : २०७६ भदौ १७ गतेसम्म । 

घ. लिखित परीक्षा हुने मिति र समय : २०७६ भदौ २१ गते, शनिबार बिहान ८.०० बजे। 

ङ. अन्तर्वार्ता हुने मिति र समय : २०७६ भदौ २५, गते बुधवार विहान ८.०० बजे । 

च. परीक्षा केन्द्रहरू: सम्बन्धित शिक्षण संस्थाहरू र अन्य पछि तोकिएबमोजिम । 

नोट : प्रवेश परीक्षामा सफल गराई अध्ययनको अवसर प्रदान गराई दिन्छु भनी झुट्टा आश्वासन तथा भ्रम पैदा गराई कोही कसैले अनुचित प्रभाव पार्न चाहेमा त्यसप्रति पूर्ण सचेत रही प्रवेश परीक्षा मर्यादित एवं निष्पक्ष रूपमा सञ्चालन गर्न गराउन सम्बन्धित विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा हार्दिक अनुरोध गरिन्छ । साथै अन्य जानकारी आवश्यक परेमा आफूले अध्ययन गर्न चाहेको सम्बन्धित शिक्षण संस्था वा परिषद्का प्रदेश कार्यालयहरू इटहरी-सुनसरी, जनकपुर-धनुषा, हेटौंडा-मकवानपुर, पोखरा-कास्की, बुटवल-रूपन्देही, वीरेन्द्रनगर-सुर्खेत, धनगढी-कैलाली र परिषद्को परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरमा सम्पर्क राख्नु हुन सूचित गरिन्छ। 

यो सूचना CTEVT को बेबसाईट www.ctevt.org.np मा पनि हेर्न सकिनेछ।

Thuprai - Books and E-books