CMAT

‘वहुबर्षे शिक्षा नीति’मा सुझाव दिन आवेदन माग

‘वहुबर्षे शिक्षा नीति’मा सुझाव दिन काठमाडौं महानगरपालिकाले  असार ७ गते सुझाव संकलन गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ ।

राष्ट्रिय सभा गृहमा आयोजना हुने सो कार्यक्रममा सहभागी हुन अनलाइन आवेदन माग गरेको छ ।

सहरी योजना आयोग अनुसार समावेशिता र क्षेत्रगत प्रतिनिधित्व सुनिश्चित हुने गरी आवेदकहरूलाई एसएमएसमार्फत सहभागी हुन निमन्त्रणा गरिनेछ ।

५ बर्षका लागि तर्जु हुने नीति कार्यान्वयनमा सबै पक्ष सहभागी गराउन र नतिजामा सबैले स्वामित्व ग्रहण गर्न सक्ने बनाउन शिक्षा क्षेत्रको उत्थानका लागि काम गरिरहेका सबैलाई समेट्न, नीतिलाई समावेशी तथा सहभागितामूलक बनाउन दोस्रो चरणको कार्यक्रम आयोजना गर्न लागिएको महानगरले जानकारी दियो । 

सुझावका लागि यहाँ क्लिक गर्नुहोस्ः

नीति मस्यौदामाथि पृष्ठपोषण लिने क्रमको पहिलो चरणमा महानगरपालिकाका कार्यपालिका सदस्य, विभागीय प्रमुख, विद्यालय निरीक्षक, विद्यालयका प्रधानाध्यापक, स्रोत शिक्षक, विद्यार्थी, शिक्षक (तहगत रुपमा) शिक्षा क्षेत्रका अगुवा, अभिभावकसंग सुझाव लिइसकिएको  महानगरले जनाएको छ ।

प्राप्त भएका सुझावलाई समेटेर मस्यौदालाई शिक्षा समिति, कार्यपालिका बैठक तथा नगर सभा बैठकमा लगेर छलफल गराइने जनाएको छ । प्राप्त सुझावसहित नीति पारित हुनेछ । यसले महानगरपालिकाको २० बर्षको रणनीतिक योजना मिसन २१०० का योजना तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्न मद्दत गर्ने महानगरको विश्वास छ ।  

Thuprai - Books and E-books