चिकित्सा शिक्षा आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । नेपाल सरकारलाई पाकिस्तान सरकारबाट प्रदान गरिएको १९ सिटमा पाकिस्तान गई अध्ययन गर्न छात्रवृत्तिका लागि आवेदन माग गरेको हो ।
शैक्षिक सत्र २०२२–२०२३ मा पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम अन्तर्गत स्नातक तहका एमबीबीएस, बीडीएस र डी फार्मेसी विषयमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीका लागि आवेदन माग गरिएको हो ।
आयोगले आज सूचना जारी गर्दै छात्रवृत्तिका लागि इच्छुक योग्यता पुगेका उम्मेदवारहरुले साउन १६ गतेभित्र अनलाईन आवेदन पेश गर्न सक्ने सूचित गरेको छ ।