कम्प्यूटर विज्ञान तथा सूचना प्रविधिं (B.Sc.CSIT) स्नातक तहमा भर्नाको न्यूनतम योग्यता सम्बन्धी सूचना: त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय अन्तर्गत आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा सेमेष्टर परीक्षा प्रणाली अनुसार पठन पाठन हुने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधिं (B.Sc.CSIT) विषयको २०७६ सालमा संचालन गरिने प्रवेश परीक्षाको लागि परीक्षार्थीहरुले परीक्षा आवेदन फाराम भर्न तोकिएको न्यूनतम योग्यतामा माध्यमिक तहको प्रत्येक विषयमा अन्तिम ग्रेड C हुनु पर्ने भनिएकोमा कक्षा १२ को परीक्षामा कुनै दुई विषयमा ग्रेड बृद्धिको लागि परीक्षा दिने परीक्षार्थीहरुले समेत प्रवेश परीक्षाको लागि आवेदन फाराम भर्न सक्नेछन् । ग्रेड बृद्धिको लागि दिएको परीक्षामा समेत विषयगत अन्तिम ग्रेड C नआएमा उक्त परीक्षार्थीहरु भर्ना हुन पाउने छैनन् ।

BSc CSIT Entrance Exam Notice

Grade 12 Grade Increment Exam Notice

Degrees offered in nepal
Counseling
Bachelors Portal